२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले छ जना केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीबाट हटायो



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले छ जनालाई केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीबाट हटाएको छ ।

पार्टीले केन्द्रीय सदस्य केशव स्थापित र प्रमोदनारायण यादव हटाएको छ । पार्टी केन्द्रको जिम्मेवारीबाट अलग हुने चाहना राखेकाले उनलाई केन्द्रीय कमिटीको सदस्यबाट बिदा दिइएको पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मा उल्लेख गरिएको छ ।

यस्तै स्वास्थ्य लगायतका कारणले चार केन्द्रीय सदस्यलाई हाललाई कामबाट बिदा दिने निर्णय गरिएको छ । यसरी बिदा पाउनेमा केन्द्रीय सदस्यद्वय अजय क्रान्ति शाक्य (काठमाडौँ), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन) र पुरनसिंह दयाल (बैतडी) रहेका छन् ।

यस्तै अपानीमा लामो समयदेखि पार्टीको काममा संलग्न नभएका अन्य केही केन्द्रीय सदस्यको हकमा अवस्था र कारण बुझेर आगामी बैठकमा आवश्यक निर्णय लिने भनिएको छ ।