२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

पाल्पा दरबार सङ्ग्रहालय पर्यटकको आकर्षण केन्द्र बन्दै

पाल्पा दरबार सङ्ग्रहालय पर्यटकको आकर्षण केन्द्र बन्दै
अ अ+ अ-

पाल्पा । गुल्मी रुरु क्षेत्र गाउँपालिका थोर्गाकी राधिका भण्डारी केही वर्षदेखि काठमाडौँमा बसोबास गर्दै आउनुभएको छ । काठमाडौँमा बस्न थालेपछि उहाँ ग्रामीण क्षेत्रमा उत्पादित वस्तु तथा पुराना संरचना बिर्सिसक्नुभएको थियो । सङ्ग्रहालयमा ऐतिहासिक सम्पदाहरु देख्दा मनै लोभ्याएको छ ।

पाल्पा दरबार सङ्ग्रहालयमा अवलोकनका लागि प्रवेश गरेपछि बालापनको सम्झना आयो । बाल्यकालमा डोको नाम्लो, हँसिया, बन्चरो, हलो, जुगा, ग्रागी ताउला तथा ऐतिहासिक वस्तुहरुको अवलोकन गर्न पाउँदा खुसी लागेको भण्डारीले बताउनुभयो । 
    
ग्रामीण क्षेत्रमा रहेका पुराना वस्तुहरु देख्न मुस्किल भएको हो । बाउबाजेको पालाका सामग्रीहरु देखेर अहिले मनै लोभिन्छ, तस्बिरसमेत खिचेर रमाउन आतुर हुनेहरुमा कमी छैन । पाल्पा दरबार सङ्ग्रहालयको प्रदर्शनी कक्षमा यस क्षेत्रको इतिहास र संस्कृति झल्कने विभिन्न सामग्रीहरु राखिएको छ । पाल्पा दरबार २०६२ साल माघ १८ गते तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणबाट क्षतिग्रस्त भएको थियो । अहिले लुम्बिनी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत सो दरबारमा सङ्ग्रहालय सञ्चालनमा रहेको छ । 

क्षतिग्रस्त पाल्पा दरबार निर्माण पूरा भएपछि २०७२ साल मङ्सिर ३ गते पाल्पा दरबारलाई सङ्ग्रहालय स्थापना गर्ने सरकारले निर्णय गरेको थियो । सङ्ग्राहलयको विकास भएसँगै लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्यका रुपमा विकास भएको तानसेनका स्थानीय बासिन्दा दिवाकर अर्यालले बताउनुभयो ।  विस २०७३ फागुन १५ गते दरबार सङ्ग्रहालयको उद्घाटन भएको थियो । तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको आर्थिक सहयोगमा २०७० सालमा पुरानै शैलीमा पाल्पा दरबारको पुनर्निर्माण सम्पन्न भयो । क्षतिग्रस्त हुनभन्दा अघि सो दरबारमा जिल्ला प्रशासन कार्यालय, मालपोत, सरकारी वकिलको कार्यालय र प्रमुख जिल्ला अधिकारीको निवासलगायतका संरचना रहेको थियो ।

पाल्पामा तैनाथवाला प्रतापशमशेर राणा १९८२ सालदेखि १९८९ सालसम्म निर्माण गरिएको संरचना हो, पाल्पा दरबार । प्रतापशमशेर राणाको मृत्युपछि यो दरबार प्रयोगविहीन अवस्थामा रहेको थियो । बेलायती शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा निर्माण गरिएको पाल्पा दरबार राजा महेन्द्रले विसं २०१५ मा प्रशासनिक कार्यालयका लागि सञ्चालनमा ल्याउनुभएको थियो । पाल्पा दरबार सङ्ग्रहालयका कर्मचारी चन्द्रबहादुर ओलीका अनुसार पाल्पा दरबार सङ्ग्रहालयमा देश तथा विदेशबाट पर्यटकहरु अवलोकन गर्न आउने गरेको बताउनुभयो । पहिला निकै पर्यटकहरु आउने गरेकामा अहिलो कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण यसमा केही कमी आएको उहाँको भनाइ छ । ऐहिासिक महत्व बोकेको पाल्पा दरबार सङ्ग्रहालय कोरोना महामारीका करण अहिले बन्द गरिएको छ ।

पाल्पा दरबार सङ्ग्रहालयभित्र बीचको तल्लामा जनजाति, थारू, मगर जातिको पहिचान झल्ने वेशभूषा रहेका छन् । माथिल्लो तल्लामा नेपाल अङ्ग्रेज युद्धमा प्रयोग भएका तोप, हातहतियार, नेपाली सैनिकका पोसाकहरु राखिएका छन् । तल्लो तल्लामा पाल्पा आसपासका क्षेत्रका तस्बिर राखिएको छ । राणाकालीन समयमा पाल्पा राजनैतिक तथा प्रशासनिक केन्द्रसमेत रहेको थियो । प्रतापशमशेर राणाले स्थापना गरेकोे पाल्पा दरबार, प्रशासनिक कार्यालय, अहिले सङ्ग्रहालयका रुपमा विकास गरिएपछि पाल्पा पर्यटकीय आकर्षण केन्द्र बनेको छ । 

देववाणी संस्कृति तथा साधारण माविका शिक्षक शेषनारायण चालिसेले पाल्पा दरबार पाल्पाको मात्र पहिचान नभई नेपाल मुख्य सम्पदाका रुपमा रहेको बताउनुभयो । दरबारमा रहेको ऐतिहासिक वस्तुले नेपालीपनको झल्को प्रदान गरेकाले पछिल्लो पुस्तामा ज्ञानको समेत सङ्ग्रहालय रहेको उहाँले बताउनुभयो । विद्यालयका कतिपय विषयको अभ्यास शिक्षण गर्न यो दरबार निकै महत्वपूर्ण संरचनाको रुपमा विकास भएको उहाँले बताउनुभयो । ऐतिहासिक वस्तुहरुको पहिचानका लागि देशका विभिन्न क्षेत्रबाट शिक्षक तथा विद्यार्थीहरु यहाँ घुइँचो लाग्ने गरेको छ । 

पाल्पा दरबारलाई सङ्ग्रहालयका रुपमा विकास गरेपछि पर्यटन आगमनले पाल्पालीलाई थप उत्साह थपेको स्थानीय बासिन्दा तीर्थप्रसाद गौतमले बताउनुभयो । रासस