४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पाल्पा दरबार सङ्ग्रहालय पर्यटकको आकर्षण केन्द्र बन्दै

पाल्पा दरबार सङ्ग्रहालय पर्यटकको आकर्षण केन्द्र बन्दै
अ+ अ-

पाल्पा । गुल्मी रुरु क्षेत्र गाउँपालिका थोर्गाकी राधिका भण्डारी केही वर्षदेखि काठमाडौँमा बसोबास गर्दै आउनुभएको छ । काठमाडौँमा बस्न थालेपछि उहाँ ग्रामीण क्षेत्रमा उत्पादित वस्तु तथा पुराना संरचना बिर्सिसक्नुभएको थियो । सङ्ग्रहालयमा ऐतिहासिक सम्पदाहरु देख्दा मनै लोभ्याएको छ ।

पाल्पा दरबार सङ्ग्रहालयमा अवलोकनका लागि प्रवेश गरेपछि बालापनको सम्झना आयो । बाल्यकालमा डोको नाम्लो, हँसिया, बन्चरो, हलो, जुगा, ग्रागी ताउला तथा ऐतिहासिक वस्तुहरुको अवलोकन गर्न पाउँदा खुसी लागेको भण्डारीले बताउनुभयो । 
    
ग्रामीण क्षेत्रमा रहेका पुराना वस्तुहरु देख्न मुस्किल भएको हो । बाउबाजेको पालाका सामग्रीहरु देखेर अहिले मनै लोभिन्छ, तस्बिरसमेत खिचेर रमाउन आतुर हुनेहरुमा कमी छैन । पाल्पा दरबार सङ्ग्रहालयको प्रदर्शनी कक्षमा यस क्षेत्रको इतिहास र संस्कृति झल्कने विभिन्न सामग्रीहरु राखिएको छ । पाल्पा दरबार २०६२ साल माघ १८ गते तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणबाट क्षतिग्रस्त भएको थियो । अहिले लुम्बिनी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत सो दरबारमा सङ्ग्रहालय सञ्चालनमा रहेको छ । 

क्षतिग्रस्त पाल्पा दरबार निर्माण पूरा भएपछि २०७२ साल मङ्सिर ३ गते पाल्पा दरबारलाई सङ्ग्रहालय स्थापना गर्ने सरकारले निर्णय गरेको थियो । सङ्ग्राहलयको विकास भएसँगै लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्यका रुपमा विकास भएको तानसेनका स्थानीय बासिन्दा दिवाकर अर्यालले बताउनुभयो ।  विस २०७३ फागुन १५ गते दरबार सङ्ग्रहालयको उद्घाटन भएको थियो । तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको आर्थिक सहयोगमा २०७० सालमा पुरानै शैलीमा पाल्पा दरबारको पुनर्निर्माण सम्पन्न भयो । क्षतिग्रस्त हुनभन्दा अघि सो दरबारमा जिल्ला प्रशासन कार्यालय, मालपोत, सरकारी वकिलको कार्यालय र प्रमुख जिल्ला अधिकारीको निवासलगायतका संरचना रहेको थियो ।

पाल्पामा तैनाथवाला प्रतापशमशेर राणा १९८२ सालदेखि १९८९ सालसम्म निर्माण गरिएको संरचना हो, पाल्पा दरबार । प्रतापशमशेर राणाको मृत्युपछि यो दरबार प्रयोगविहीन अवस्थामा रहेको थियो । बेलायती शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा निर्माण गरिएको पाल्पा दरबार राजा महेन्द्रले विसं २०१५ मा प्रशासनिक कार्यालयका लागि सञ्चालनमा ल्याउनुभएको थियो । पाल्पा दरबार सङ्ग्रहालयका कर्मचारी चन्द्रबहादुर ओलीका अनुसार पाल्पा दरबार सङ्ग्रहालयमा देश तथा विदेशबाट पर्यटकहरु अवलोकन गर्न आउने गरेको बताउनुभयो । पहिला निकै पर्यटकहरु आउने गरेकामा अहिलो कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण यसमा केही कमी आएको उहाँको भनाइ छ । ऐहिासिक महत्व बोकेको पाल्पा दरबार सङ्ग्रहालय कोरोना महामारीका करण अहिले बन्द गरिएको छ ।

पाल्पा दरबार सङ्ग्रहालयभित्र बीचको तल्लामा जनजाति, थारू, मगर जातिको पहिचान झल्ने वेशभूषा रहेका छन् । माथिल्लो तल्लामा नेपाल अङ्ग्रेज युद्धमा प्रयोग भएका तोप, हातहतियार, नेपाली सैनिकका पोसाकहरु राखिएका छन् । तल्लो तल्लामा पाल्पा आसपासका क्षेत्रका तस्बिर राखिएको छ । राणाकालीन समयमा पाल्पा राजनैतिक तथा प्रशासनिक केन्द्रसमेत रहेको थियो । प्रतापशमशेर राणाले स्थापना गरेकोे पाल्पा दरबार, प्रशासनिक कार्यालय, अहिले सङ्ग्रहालयका रुपमा विकास गरिएपछि पाल्पा पर्यटकीय आकर्षण केन्द्र बनेको छ । 

देववाणी संस्कृति तथा साधारण माविका शिक्षक शेषनारायण चालिसेले पाल्पा दरबार पाल्पाको मात्र पहिचान नभई नेपाल मुख्य सम्पदाका रुपमा रहेको बताउनुभयो । दरबारमा रहेको ऐतिहासिक वस्तुले नेपालीपनको झल्को प्रदान गरेकाले पछिल्लो पुस्तामा ज्ञानको समेत सङ्ग्रहालय रहेको उहाँले बताउनुभयो । विद्यालयका कतिपय विषयको अभ्यास शिक्षण गर्न यो दरबार निकै महत्वपूर्ण संरचनाको रुपमा विकास भएको उहाँले बताउनुभयो । ऐतिहासिक वस्तुहरुको पहिचानका लागि देशका विभिन्न क्षेत्रबाट शिक्षक तथा विद्यार्थीहरु यहाँ घुइँचो लाग्ने गरेको छ । 

पाल्पा दरबारलाई सङ्ग्रहालयका रुपमा विकास गरेपछि पर्यटन आगमनले पाल्पालीलाई थप उत्साह थपेको स्थानीय बासिन्दा तीर्थप्रसाद गौतमले बताउनुभयो । रासस