• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

सुनको मूल्य स्थिर रहँदा चाँदी बढ्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साताको अन्तिम दिन अर्थात् शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

आज सुनको मूल्य स्थिर रहि बिहीबारकै भाउमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन हिजो कै मूल्य प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज तेजाबी सुन पनि यथावत रहि बिहिबारकै मूल्य प्रतितोला एक लाख ९ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।