• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन गर्न संसदीय समिति भोलि बन्ने, सात सदस्यीय समितिलाई तीन महिनाको समय दिने… ★   कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइँदै ★   पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश ★   गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत सर्वोच्चद्वारा बदर ★   एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने ★   अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश ★   ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामथ्र्य भएका नेता हुन्ः शंकर पोखरेल ★   सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ: राप्रपा ★   शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन् ★   अनन्त–राधिकाको विवाहपूर्व समारोहः १२ वटा विमानबाट ८०० पाहुना इटाली पुग्नेछन्

कुनै पनि आवरणमा भ्रष्टाचार र भ्रष्टाचारीले छुट पाउनु हुन्न: राजेन्द्र लिङ्देन



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कुनै पनि आवरणमा भ्रष्टाचार र भ्रष्टाचारीले छुट पाउन नहुने टिप्पणी गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा दोस्रो चरणको अनुसन्धान प्रारम्भ हुनै लागेको बेला अनुसन्धानमा संलग्न मुख्यमुख्य प्रहरी अधिकृतहरुलाई सरुवा गर्न लागेको भन्ने समाचारप्रति उक्त टिप्पणी गर्नुभएको हो ।

उहाँले यदि अनुसन्धानमा संलग्न प्रमुख प्रहरीलाई सरुवा गर्ने र बाँकी अनुसन्धानलाई फासफुस पार्ने टुंगो लागेको भए आफूहरु यसप्रति सचेत रहेको र कुनै पनि हालतमा भ्रष्टाचार र भ्रष्टाचारीले छुट पाउन हुन्न भन्दै चेतावनी दिनुभयो ।

उहाँले लेख्नुभएको छ-

नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा दोस्रो चरणको अनुसन्धान प्रारम्भ हुुन लागेको भनिएकै बेला काले काले मिलेर खाउँ खाउँ भाले भन्ने टुङ्गो लाग्यो रे रु
अब नियमित जस्तो बनाएर अनुसन्धानमा संलग्न मुख्य मुख्य प्रहरी अधिकृतहरुलाई सरुवा गर्ने र हस् हजुरलाई ल्याएर बाँकी काम फासफुस पार्ने टुंगो लाग्यो रे रु
के यो सत्य हो ?

होस गरेस् ,हामी जागा छौँ अब कुनै आवरणमा पनि भ्रष्टाचार र भ्रष्टाचारीले छुट पाउनु हुन्न !