१ पुष २०८२, मंगलवार
,
Latest
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्डबाट सम्मानित नेपालीलाई ओलीको बधाई



अ+ अ-

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयबाट यस वर्षको “ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड” बाट सम्मानित अभियन्ता सरस्वती नेपालीलाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

अमेरिकाबाट सम्मान लिएर फर्केपछि एमाले अध्यक्ष ओलीलार्य भेट्न नेपाली बालकोट पुग्नु भएको थियो । अमेरिकी विदेश मन्त्रालयबाट यस वर्षको “ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड” नेपाली सहित विश्वका छ जनालाई प्रदान गरेको थियो ।

उक्त अवार्ड साउन २५ गते वासिङटन डिसीमा आयोजित एक कार्यक्रममा अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिन्केनले प्रदान गर्नु भएको थियो ।

सीमान्तकृत समुदायको मानव अधिकारका क्षेत्रमा नागरिक समाजका तर्फबाट विशिष्ट योगदान गरेको भन्दै उक्त अवार्ड प्रदान गरिएको जनाईएको छ ।

पुरस्कृत नेपाली दलित समाज विकास मंचकी अध्यक्ष हुनुहुन्छ । उहाँ दलित समेतका सीमान्तकृत समुदाय, अशक्त तथा गरिबीको चपेटामा रहेका व्यक्ति र समुदायको मानव अधिकारका लागि निरन्तर संघर्षशील रहनु भएको छ ।

यो पुरस्कारबाट कारी कुजाजारा (ब्राजिल), ओस्वाल्डो बिल्बाओ लोबाटोन (पेरू), रानी यान यान (बंगलादेश), साडिया मोस्बाह (ट्युनिसिया) र भिक्टोरिया लुका ९मोल्दोभा० पनि पुरस्कृत हुनु भएको छ ।