• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

एएफसी कप छनोटः मछिन्द्र र भारतको मोहन बगानबीचको खेल आज



काठमाडौँ । नेपालको ‘ए’ डिभिजन क्लब मछिन्द्र एफसीले एएफसी कप छनोट अन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा आज भारतको इन्डियन सुपर लिग (आईएसएल) क्लब मोहन बगानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल कोलकताको साल्टलेक स्टेडियममा नेपाली समय अनुसार साँझ ७ः१५ बजे सुरु हुनेछ ।

प्रारम्भिक चरणमा घरेलु मैदानमा भुटानी क्लब पारो एफसीलाई पराजित गरेको मछिन्द्रले मोहन बगानलाई पराजित गरेमा प्लेअफमा स्थान बनाउनेछ ।

यो खेलको विजेता टोलीले बंगलादेशको ढाका अवामी वा माल्दिभ्सको क्लब इगल मध्ये एक टोलीसँग प्ले अफ खेल्नेछ ।

समूह चरणका खेलमा हरेक टोलीले ‘होम एण्ड अवे’ को आधारमा खेल्नेछ ।

दक्षिण एसियाली क्षेत्रको प्लेअफ विजेता एक टोली एएफसी कपको समूह चरणमा प्रवेश गर्नेछ ।