२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य निर्वाचित



file photo
अ+ अ-

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य निर्वाचित भएका छन् । मंगलबार भएको साधारण सभाले दिवाकर घलेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

यस्तै, उपाध्यक्षमा अजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द सर्वसम्मत चयन भएका छन् ।

पारस काठमाडौंको प्रतिनिधि बनेर बागमती प्रदेशको अध्यक्ष लड्ने तयारी गरिरहेका छन् ।

सदस्यहरुमा पूर्वकप्तान खड्कासँगै पूर्व क्रिकेटर अमृता पौडेल, मनिष कुमार ढुंगेल, अरुण सत्याल,विजय शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमाल राज गिरी, धिरेन्द्र लाल श्रेष्ठ र ज्योती गुरुङ चयन भएका छन् ।