४ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना अमेरिकामा संविधान दिवस मनाइयो ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट ‘मुभी लभर्स कम्युनिटी’ले ‘आँखा’को विशेष प्रदर्शन गर्ने महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय: माधव नेपाल नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ शिक्षाको हब बन्दै पोखरा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुगु जीप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज लगियो



अ+ अ-

मुगु । मुगु जीप दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ ।

सोमबार अपराह्न ४ बजे भएको जीप दुर्घटनामा परी घाइते भएका चार जनाको जिल्ला अस्पताल मुगुमा प्रारम्भिक उपचार भएको भए पनि अस्पतालमा सिटिस्क्यानलगायतका मेसिन नहुँदा समस्या र जटिलता पहिचान गर्न चिकित्सकलाई कठिनाइ भएपछि घाइतेलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।

वर्षाको पानीले कर्णाली राजमार्गअन्तर्गत गोठी जिउँला–गमगढी सडकखण्डको ठाउँठाउँमा पहिरो गएको र रारा विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयले हवाई सेवा दिउँसो सञ्चालनमा नरहेकाले घाइतेको थप उपचार गर्न हेलिकप्टरको व्यवस्था मिलाइएको मुगु जिल्लाका सङ्घीय सांसद ऐनबहादुर शाहीले जानकारी दिनुभयो ।

जिल्ला अस्पातलमा उपचार सम्भव नहुने भएपछि घाइते चारै जनालाई सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि पहल गर्न जिल्ला अस्पातल मुगुबाट आज जिल्ला प्रशासन कार्यालय मुगुलाई पत्र लेखेर जानकारी गरिएपछि सोही पत्र आफूले गृह मन्त्रालय, सङ्घीय सांसद, प्रदेशसभा सदस्यलाई आवश्यक पहलका लागि पठाएको र उहाँहरूको पहलमा घाइतेको थप उपचार गर्न नेपाल सरकारले हेलिकप्टरको व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताउनुभयो ।

घाइतेको टाउकोमा चोट देखिएकाले सिटिस्क्यान मेसिन नहुँदा उनीहरूको टाउको चोट कतिको छ भन्ने थाहा नभएको जिल्ला अस्पातल मुगुका डा नहकुल शाहीले बताउनुभयो । उहाँका अनुसार टाउको ‘सपोर्ट’ का लागि आवश्यक सरभाइकल कोलर र स्पाइलल ब्याक सपोर्ट नहुँदा कार्टुनको प्रयोग गरेर भए पनि उपचार गरिएको थियो ।

सोमबार भएको जीप दुर्घटनामा सवार नौ जनामध्ये हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थरका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियारको मृत्यु भएको थियो भने मुगुको सोरु गाउँपालिका–५ का वडा सदस्य लोकजङ्ग नेपालीको उपचार गर्न जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको थियो ।

दुर्घटनामा मुगु सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही, सोरु–६ का सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उजिर बोहोरा गम्भीर घाइते भएका थिए । सोरु गाउँपालिकाबाट जिल्ला सदरमुकाम गमगढीका लागि छुटेको ग १ ज ७७६२ नम्बरको जीप सोरु गाउँपालिका–७ चिप्लेगाडामा सोमबार अपराह्न ४ बजे दुर्घटना भएको थियो । रासस