• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली

राष्ट्रका नाममा मोदीको ९० मिनेटको सम्बोधन, सबैभन्दा लामो भाषणको रेकर्ड कति छ ?



नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार लाल किल्लाबाट १० औं पटक राष्ट्रका नाममा सम्बोधन गरेका छन् । ७७औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्रीले लाल किल्लाबाट झण्डा फहराएर ९० मिनेट राष्ट्रका नाममा सम्बोधन गरेका हुन् ।

यसअघि २०२२ को स्वतन्त्रता दिवसमा उनले ८३ मिनेट भाषण गरेका थिए । सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री चुनिएका उनले ६५ मिनेट देशका नाममा सम्बोधन गरेका थिए ।

सन् २०१५ मा प्रधानमन्त्री नरेन्द्र मोदीले ८६ मिनेटको भाषण गरेर पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूको कीर्तिमान तोडेका थिए । नेहरूले १९४७ मा लाल किल्लाबाट ७२ मिनेट लामो भाषण गरेका थिए ।

प्रधानमन्त्री मोदीले अहिलेसम्म लाल किल्लाबाट देशका नाममा १० पटक सम्बोधन गरिसकेका छन् । उनले एक घन्टाभन्दा कम समय राष्ट्रका नाममा एकपटक मात्रै सम्बोधन गरेका थिए । २०१७ को स्वतन्त्रता दिवसमा प्रधानमन्त्रीको भाषण मात्र ५६ मिनेट लामो थियो । यो उनको सबैभन्दा छोटो भाषण हो ।

मोदीले गरेका भाषणहरुको समय–
२०१४– ६५ मिनेट, २०१५ – ८६ मिनेट, २०१६ – ९६ मिनेट, २०१७ – ५६ मिनेट, २०१८ – ८२ मिनेट, २०१९ – ९३ मिनेट, २०२० – ८६ मिनेट, २०२१ – ८८ मिनेट, २०२२ – ८३ मिनेट, २०२३ – ९० मिनेट । यो सबै भाषणहरु उनले लालकिल्लाबाट स्वतन्त्रता दिवसको अवसरमा गरेको सम्बोधन हो ।

यो पनि पढ्नुस् – लाल किल्लाबाट प्रधानमन्त्री मोदीले भने– अर्को पटक फेरि तिरंगा फहराउनेछु