२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रका नाममा मोदीको ९० मिनेटको सम्बोधन, सबैभन्दा लामो भाषणको रेकर्ड कति छ ?



अ+ अ-

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार लाल किल्लाबाट १० औं पटक राष्ट्रका नाममा सम्बोधन गरेका छन् । ७७औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्रीले लाल किल्लाबाट झण्डा फहराएर ९० मिनेट राष्ट्रका नाममा सम्बोधन गरेका हुन् ।

यसअघि २०२२ को स्वतन्त्रता दिवसमा उनले ८३ मिनेट भाषण गरेका थिए । सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री चुनिएका उनले ६५ मिनेट देशका नाममा सम्बोधन गरेका थिए ।

सन् २०१५ मा प्रधानमन्त्री नरेन्द्र मोदीले ८६ मिनेटको भाषण गरेर पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूको कीर्तिमान तोडेका थिए । नेहरूले १९४७ मा लाल किल्लाबाट ७२ मिनेट लामो भाषण गरेका थिए ।

प्रधानमन्त्री मोदीले अहिलेसम्म लाल किल्लाबाट देशका नाममा १० पटक सम्बोधन गरिसकेका छन् । उनले एक घन्टाभन्दा कम समय राष्ट्रका नाममा एकपटक मात्रै सम्बोधन गरेका थिए । २०१७ को स्वतन्त्रता दिवसमा प्रधानमन्त्रीको भाषण मात्र ५६ मिनेट लामो थियो । यो उनको सबैभन्दा छोटो भाषण हो ।

मोदीले गरेका भाषणहरुको समय–
२०१४– ६५ मिनेट, २०१५ – ८६ मिनेट, २०१६ – ९६ मिनेट, २०१७ – ५६ मिनेट, २०१८ – ८२ मिनेट, २०१९ – ९३ मिनेट, २०२० – ८६ मिनेट, २०२१ – ८८ मिनेट, २०२२ – ८३ मिनेट, २०२३ – ९० मिनेट । यो सबै भाषणहरु उनले लालकिल्लाबाट स्वतन्त्रता दिवसको अवसरमा गरेको सम्बोधन हो ।

यो पनि पढ्नुस् – लाल किल्लाबाट प्रधानमन्त्री मोदीले भने– अर्को पटक फेरि तिरंगा फहराउनेछु