८ भाद्र २०८३, सोमबार
,
Latest
चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाल किल्लाबाट प्रधानमन्त्री मोदीले भने– अर्को पटक फेरि तिरंगा फहराउनेछु



अ+ अ-

एजेन्सी । ‘मेरा प्रिय १४० करोड परिवारका सदस्यहरू… ।’ भारतको ७७ औं स्वतन्त्रता दिवसमा लाल किल्लाबाट तिरंगा फहराएपछि प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो वाक्य थियो ।

पहिले उनी मेरो प्यारो देशवासीहरूबाट आफ्नो भाषण सुरु गर्दथे । यसपटक मोदीले आफ्नो ९० मिनेट अर्थात डेढ घण्टाको भाषणमा २६ पटक ‘मेरो परिवार’ शब्दको उल्लेख गरेका छन् ।

लालकिल्लामा १० औं पटक झण्डा फहराएर प्रधानमन्त्रीले सम्बोधनमा देशवासीलाई बधाई दिएका हुन् । प्रधानमन्त्रीले मणिपुर हिंसा, सुधारको बारेमा बोले । आफ्नो सरकारको १० वर्षको कामको लेखाजोखा पनि दिए । उनले नातावाद, भ्रष्टाचार र तुष्टीकरण जस्ता तीनवटा विकृतिबाट राजनीतिबाट मुक्त हुन पनि आग्रह गरे ।

जनतासँग आशीर्वाद माग्दै प्रधानमन्त्रीले भने, ‘२०४७ मा देशले स्वतन्त्रताको सय वर्ष मनाउँदै गर्दा विश्वमा विकसित मुलुकको पहिचानसहितको हाम्रो देशको तिरंगा फहराउनुपर्छ ।’ यसका लागि उनले आगामी ५ वर्षलाई महत्वपूर्ण भन्दै सन् २०२४ मा लाल किल्लामा तिरंगा फहराउने दाबी गरे ।

मोदीले देशवासीलाई ३ ग्यारेन्टी पनि दिए । पहिलो–५ वर्षमा भारत विश्वको तेस्रो ठूलो आर्थिक शक्ति बन्नेछ । दोस्रो– सहरमा भाडाको घरमा बस्नेहरूले बैंक ऋणमा सहुलियत पाउनेछन् । तेस्रो – देशभर २५ हजार जनऔषधी केन्द्र खोलिने । १७ सेप्टेम्बरमा विश्वकर्मा योजना सुरु गर्ने घोषणा समेत मोदीले गरे ।

भारतले आज ७७ औं स्वतन्त्रता दिवस धुमधामले मनाइरहेको छ ।