२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय कुमारले पाए भारतको नागरिकता, भन्छन् – ‘अब मन र नागरिकता दुबै हिन्दुस्तानी’



अ+ अ-

एजेन्सी । अगस्ट १५ मा फिल्मस्टार अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । अक्षय आफैंले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् । उनले खुसी साट्दै लेखेका छन् – ‘अब मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना… जय हिन्द ।’

अक्षय कुमारसँग अझै पनि क्यानडाको नागरिकता थियो । उनलाई क्यानेडियन कुमार भन्दै ट्रोल पनि गरिएको थियो ।

अक्षय कुमारले सन् २०११ मा क्यानडाको संघीय निर्वाचनपछि त्यहाँको कन्जरभेटिभ सरकारले क्यानडाको नागरिकता पाएका थिए । डिसेम्बर २०१९ मा, अक्षयले भारतीय राहदानीको लागि आवेदन दिए र उनले आफ्नो क्यानाडाको नागरिकता त्याग्न लागेको बताएका थिए ।

वास्तवमा, जब अक्षय कुमारका ब्याक–टू–ब्याक फिल्महरू भारतमा फ्लप भए, उनले साथीको सल्लाहमा क्यानडामा बस्ने निर्णय गरे । उनले राहदानीका लागि आवेदन दिए र त्यहाँको नागरिकता पाए । कफी विथ करणमा अक्षय कुमारले क्यानडाको नागरिकताका कारण धेरैले उनलाई क्यानडा कुमार भन्ने गरेको बताए । यद्यपि उनलाई यस्तो ट्रोलिङमा कुनै आपत्ति छैन ।

यता, अहिले हलमा रिलिज भइरहेको अक्षय कुमारको फिल्म ‘ओएमजी २’ ले राम्रो व्यापार गरिरहेको छ । फिल्मले रिलिजको चौथो दिन सोमबार १२ करोड कमाएको छ । योसँगै यो फिल्मको कुल कलेक्सन ५५ करोड पुगेको छ ।