• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

युट्युबर एल्विश यादवले जिते बिग बोस ओटीटी दोस्रो सिजनको उपाधि



काठमाडौँ । झण्डै दुई महिनापछि ईन्डियन रियालिटी शो बिग बोस ओटीटी सिजन दुइले विजेता पाएको छ ।

वाइल्ड कार्ड एन्ट्रीमा ओटीटी छिरेका युट्युबर एल्विश यादवले बिग बोस ओटीटीको दोस्रो सिजनका उपाधि जिते । यादवले सिजनको ट्रफी र २५ लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् ।

शोमा अभिषेक मल्हान, एल्विश यादव, मनिषा रानी, ​​बेबिका धुर्वे र पूजा भट्ट उत्कृष्ट ५ फाइनलिस्टमा पुगेका थिए । उपाधिको रेसबाट सबैभन्दा पहिला पूजा भट्ट बाहिरिएकी थिईन् । विजेताको दौडबाट बेबिका पनि बाहिरिएपछि शीर्ष तीनको प्रतिस्पर्धामा एल्विश, अभिषेक र मनिषा रानी रहे ।

मनिषा रानी शीर्ष दुईमा पर्न सकिनन् र अन्तिम दुईमा एल्विश र अभिषेक रहे । अन्तिममा शोका होस्ट सलमान खानले एल्विशलाई बिजेता घोषित गरे ।

एल्विश र अभिषेक दुवै चर्चित युट्युबर हुन् र सोसल मिडियामा यी दुईका प्रशंसक लाखौँको सङ्ख्यामा रहेका छन् ।