५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौर हत्याकाण्ड : प्रचण्ड र उपेन्द्रलाई सचेत गराउनु पर्ने मानव अधिकार आयोगको ठहर, को को छन् दोषी ? (प्रतिवेदन सहित)



अ+ अ-

काठमाडौ । गौर हत्याकाण्ड पीडितहरुले न्यायको माग राख्दै साउन १ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिए । संघर्ष समिति नै गठन गरी आन्दोलनमा उत्रिएपछि सरकारले गत २३ साउनमा समितिसँग पाँच बुँदे सम्झौता गर्‍यो ।

उक्त सम्झौतामा घटनाका दोषीहरूलाई तथ्य र प्रमाणका आधारमा कानूनी कारबाही गर्ने उल्लेख छ । १७ बर्ष पछि पनि न्याय पाउने आशमा पीडितहरु फर्किए तर साउन ३० गते बसेको सत्ता गठबन्धनको बैठकले गौर हत्याकाण्डमा मारिएका व्यक्तिका परिवारले क्षतिपूर्ति पाइसकेको र मारिनेहरु सहिद घोषणा भइसकेकाले थप यसमा केही बाँकी नरहेको निष्कर्ष निकालिएको छ ।

यता जनता समाजवादी पार्टी (जसपा) ले रौतहटको गौरमा २०६३ चैत ७ गते भएको घटना सम्बन्धमा यही साउन २३ गते सरकार र रुपसागर देवी उपाध्यक्षबीच भएको सम्झौताले सिंगो मुलुकको शान्ति, स्थिरता र सद्भावलाई विथोल्ने कार्य गरेको बताएको छ ।

यसैगरी नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गौर हत्याकाण्डका पीडितलाई सरकारले न्याय दिने कुरामा शंका गर्नुभएको थियाे  ।

पीडित पक्षसंग भएको सहमति एक सातामा नै सरकारले उलंघन गरेको छ । घटना पछि राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्दे दोषी देखिएकाहरुलाई कारबाहीको सिफारिस समेत गरेको थियो । सरकारले आयोगको प्रतिबेदनलाई समेत लत्याएको छ । आयोगको पूर्ण बैठकले २०७९/ ९/ १९ मा प्रतिबेदन तयार पारेको थियो ।

आयोगले २०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिल भएको हिंसात्मक घटनाको बारेमा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेशी जनाधिकार फोरमका तत्कालीन अध्यक्ष उपेन्द्र यादवलाई सचेत गराउनु पर्ने जनाएको थियो ।

न्यूजपोलारलाई प्राप्त आयोगले तयार पारेको प्रतिवेदनमा दुबै दलका नेताले हिंसा रोक्न कुनै पहल नगरेको उल्लेख गरिएको छ । आयोगको प्रतिबेदनमा भनिएको छ आगामी दिनमा यस्ता क्रुर अमानविय घटना हुन नदिन सार्वजनिक प्रतिवद्धता व्यक्त गर्नुपर्ने उल्लेख गरिएको छ ।

तत्कालीन मधेशी जनाधिकार फोरम र तात्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टै मार्च बनाएर सभा गर्न लाग्दा दुई पक्षबीच झडप हुँदा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

सोही झडपमा कैयौ घाईते भएका थिए । यो घटनालाई ‘गौर हत्याकाण्ड’का रुपमा चिनिने गरिन्छ ।

प्रतिबेदनको पूर्णपाठ