१० माघ २०८१, बिहीबार
,
Latest
ब्राउन सुगरसहित दुई जना पक्राउ धरौटीमा छुटे लेखा सभापति पोखरेलका पूर्वस्वकीय सचिव कलेज जाँदै गरेकी किशोरीमाथि बलात्कार, एकजना पक्राउ कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्ने फैसला सर्वोच्चले पुनरवलोकन गर्ने चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस दोधारा–चाँदनी सुक्खा बन्दरगाह निमार्ण गर्न बोलपत्र आह्वान समपूरक र विशेष अनुदान सम्बन्धी कार्यविधि संशोधन, समपूरक अनुदान अधिकतम सीमामा कटौती सरकारी वकिलको बहस सकियो, रविका वकिलको बाँकी अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको बैठक: सुन तस्करीका बारेमा छानबिन समिति चाहिदैन ,गौर हत्याकाण्डको छानबिन गरिदैन



अ+ अ-

काठमाडौं । सत्तारुढ दलहरुका शीर्ष नेताको बैठकले सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय समिति बनाउनुनपर्ने ठहर गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बसेको बैठकले सुन तस्करीका बारे उच्चस्तरीय छानबिन समिति गठन गर्नु नपर्ने ठहर गरेको हो । बैठकले गौर हत्याकाण्डका बारेमा पनि थप अनुसन्धान गर्नु नपर्ने निष्कर्ष निकालेको छ ।

बैठक पछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले संञ्चारकर्मीहरु संग भन्नुभयो ‘सुनको बिषयमा सीआइबीले गरिरहेको अनुसन्धानलाई नै प्रभावकारी बनाउनुपर्ने निष्कर्ष बैठकले निकालेको छ । ‘

उहाँले भन्नुभयो ‘गौर हत्याकाण्डका विषयमा पनि बैठकमा छलफल भएको थियो । मारिएका व्यक्तिका परिवारले क्षतिपूर्ति पाइसकेको र मारिनेहरु सहिद घोषणा भइसकेकाले थप यसमा केही बाँकी नरहेको निष्कर्ष निकालिएको छ ।’

केही दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहालले गौर हत्याकाण्ड पीडितसंग छाननि गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउदै गृहमसचिबको संयोजकत्वमा समिति समेत गठन गरिएको थियो ।