२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति जसपाको आपत्ति -पूर्णपाठ



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले रौतहटको गौरमा २०६३ चैत ७ गते भएको घटना सम्बन्धमा यही साउन २३ गते सरकार र रुपसागर देवी उपाध्यक्षबीच भएको सम्झौताले सिंगो मुलुकको शान्ति, स्थिरता र सद्भावलाई विथोल्ने कार्य गरेको बताएको छ ।

जसपाका प्रवक्ता मनिषकुमार सुमनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त सम्झौताले २०६४ भदौ १३ गते नेपाल सरकार र मघेसी जनअधिकार फोरम नेपालबीच भएको सम्झौता तथा सोही वर्षको फागुन १६ गते नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सम्पन्न सम्झौताहरुको सरकारले ठाडो उल्लंघन भएको बताउनुभएको छ ।

रौतहटको गौर घटना सम्बन्धमा नेपाल सरकारद्वारा गठित सर्वोच्च अदालतका बहालवाला न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानबिन समितिको प्रतिवेदन, राष्ट्रिय मानवअधिकार आयोग नेपाल, तत्कालीन जिल्ला प्रशासन र प्रहरीले सरकारसमक्ष बुझाएका प्रतिवेदन, पाटन पुनरावेदन अदालतका न्यायाधीश र सुरक्षा निकायका अधिकारीहरु रहेको जाँचबुझ आयोगलगायतले बुझाएको प्रतिवदेनलाई यथाशीघ्र सार्वजनिक गर्न सुमनले सरकारसँग माग गर्नुभएको छ ।

साथै उहाँले तराईर मधेस र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनका क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोडलगायतका घटनाहरु सत्य–तथ्य छानबिनसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७३ (सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल आयोग) को प्रतिवेदन पनि सार्वजनिक गर्न माग गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “सर्वपक्षीय उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरी उक्त समितिमार्फत सत्य–तथ्यहरु पत्ता लगाई समस्याको समाधान गरियोस्, दोषी उम्कने र घटना सम्बन्धमा संलग्न नै नरहेको निर्दोष व्यक्तिहरुलाई बदनियपूर्ण ढंगले फँसाउने कार्य सरकारले बन्द गरोस् ।”

रौतहटको गौरमा २०६३ साल चैत ७ गते उपेन्द्र यादव नेतृत्वको तात्कालिक मधेसी जनअधिकार फोरम र तात्कालिक नेकपा माओवादीका कार्यकर्ताबीचको विवादले झडपको रूप लिएको थियो।

त्यस क्रममा दुई दर्जनभन्दा बढी माओवादी कार्यकर्ताको ज्यान गएको थियो।