११ असार २०८३, बिहीबार
,
Latest
अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’ साना नदीमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह महामन्त्री पौडेलको प्रश्न: अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो, नेपालमा किन अझै महँगो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्को वर्षको हजका लागि आवेदन खुला, १२०० ले हज गर्न सक्ने



अ+ अ-

काठमाडौं: नेपाल हज समितिले आगामी वर्ष सन् २०२४ का लागि साउदी अरबको मक्का मदिनामा हज गर्न चाहने नेपाली इस्लाम समुदायका लागि आवेदन माग गरेको छ ।

साउदी अरबले आगामी वर्षका लागि १२०० जनालाई हजका लागि कोटा तोकेको समितिले जनाएको छ ।

समितिले हजमा सहभागी हुने व्यक्तिले पहिलो किस्ता बापत रु. १ लाख ५० हजार यही साउन ३० गतेदेखि असोज ३० गतेभित्र बुझाएर आवेदन दिन सक्ने बताएको छ ।

हजयात्रीले आवेदनका साथ नेपाली नागरिकताको फोटोकपी, राहदानीको फोटोकपी, हज शुल्क तिरेको रसिद, हालसालै खिचेको पासपोर्ट साइजको फोटो, कोभिड१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र दिनुपर्ने समितिका कार्यवाहक अध्यक्ष मकवुल मियाँले बताउनु भएको छ ।