• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   चिनियाँसँग बिहे गराईदिने भन्दै चीन लगेर बन्धक, एक पक्राउ ★   प्रमिश ! मैले जीवनको परिभाषा जानिन ★   बालुवाटारमा प्रमुख तीन दलको बैठक जारी ★   नेपाल मेरा लागि दोस्रो घर हो: भारतीय अभिनेत्री जयप्रभा ★   सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने एकीकृत समाजवादीको निर्णय ★   लामखुट्टेलाई भगाउन घर वरिपरि रोप्नुहोस् यी बोटबिरुवा ★   विदेशी पोसाकमा देखिए ‘फुलेराका गाउँलेहरू’ ★   जापानमा ‘वास्तविक छाला’ जस्तै देखिने आवरणसहितको रोवोटको निर्माण ★   ‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्सका जलवायुमन्त्री पक्राउ ★   महामन्त्रीले दिएको प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्छौं: सांसद खनाल

नेयमार पनि साउदी लागे, अल–हिलालले हाल्यो मोटो रकम



एजेन्सी । ब्राजिलियन स्टार फरवार्ड नेयमार जुनियर पनि साउदी जाने भएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फरवार्ड नेयमारलाई साउदी प्रो लिग क्लब अल–हिलाललाई करिब १०० मिलियन युरोमा बेच्ने सम्झौता गरेको छ ।

नेयमार आगामी २ वर्ष अर्थात् सन् २०२५ जुन ३० सम्म अल–हिलालमा रहने छन् । उनले क्लबबाट १० नम्बरको जर्सी लगाउनेछन् ।

नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी मूल्य २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजीमा आएका थिए ।

पिएसजीका लागि १ सय ७३ खेल खेलेका नेयमारले क्लबलाई १३ उपाधि जिताएका छन् । पिएसजीमा नेयमारले ११२ खेलमा ८२ गोल गरेका थिए ।

घुँडाको चोटका कारण नेयमारले मार्चमा शल्यक्रिया गर्दा बाँकी सिजनका खेल गुमाएका थिए ।

यो सिजन करिम बेन्जेमा, एनगोलो कान्टे, जोर्डन हेन्डरसन, रुवेन नेभ्स, साडियो माने र रोबर्टो फिर्मिनोजस्ता चर्चित खेलाडी साउदी गएका थिए ।

गत जनवरीमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो म्यानचेष्टर युनाइटेडबाट साउदी क्लब अल नासरमा आएका थिए । त्यसपछि चर्चित खेलाडीहरु साउदी जाने ढोका खुलेको थियो ।