१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेयमार पनि साउदी लागे, अल–हिलालले हाल्यो मोटो रकम



अ+ अ-

एजेन्सी । ब्राजिलियन स्टार फरवार्ड नेयमार जुनियर पनि साउदी जाने भएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फरवार्ड नेयमारलाई साउदी प्रो लिग क्लब अल–हिलाललाई करिब १०० मिलियन युरोमा बेच्ने सम्झौता गरेको छ ।

नेयमार आगामी २ वर्ष अर्थात् सन् २०२५ जुन ३० सम्म अल–हिलालमा रहने छन् । उनले क्लबबाट १० नम्बरको जर्सी लगाउनेछन् ।

नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी मूल्य २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजीमा आएका थिए ।

पिएसजीका लागि १ सय ७३ खेल खेलेका नेयमारले क्लबलाई १३ उपाधि जिताएका छन् । पिएसजीमा नेयमारले ११२ खेलमा ८२ गोल गरेका थिए ।

घुँडाको चोटका कारण नेयमारले मार्चमा शल्यक्रिया गर्दा बाँकी सिजनका खेल गुमाएका थिए ।

यो सिजन करिम बेन्जेमा, एनगोलो कान्टे, जोर्डन हेन्डरसन, रुवेन नेभ्स, साडियो माने र रोबर्टो फिर्मिनोजस्ता चर्चित खेलाडी साउदी गएका थिए ।

गत जनवरीमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो म्यानचेष्टर युनाइटेडबाट साउदी क्लब अल नासरमा आएका थिए । त्यसपछि चर्चित खेलाडीहरु साउदी जाने ढोका खुलेको थियो ।