• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

पुथ्वी चोकमा पृथ्वीनारायण शाहको शालिक पुन: स्थापनाको माग गर्दै माईतीघरमा प्रदर्शन



काठमाडौँ । पोखराको पुथ्वी चोकमा पृथ्वीनारायण शाहको शालिक पुन: स्थापना गर्न माग गर्दै बिरोध प्रदर्शन गरिएको छ ।

सोमवार नागरिकको तर्फबाट माईतीघर मण्डलामा भेला भइ पोखरास्थित पृथ्वी चोकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक पुन:स्थापनाका लागि दबाब दिइएको हो ।

पोखरा महानगरपालिकाले पोखराको पृथ्वी चोकमा रहेको पृथ्वीनारायण शाहको शालिक हटाएको थियो । बुधवार एक समूहले सडकमा फालेको पृथ्वीनारायण शाहको प्रतिमा बिहीवार राप्रपाका युवालगायतले पुन:स्थापना गरेका थिए । पुन: शुक्रवार महानगरले हटाएको शालिक हटाएपछि पोखरा लगायतका स्थानमा नागरिकहरुले शालिक पुन: स्थापनाको माग गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको बिरोध गरेका छ्न ।

प्रदर्शनकारीहरुले शालिक चोर देश छोड, इतिहास मेट्न पाइँदैन, सर्वपक्षीय निर्णयको नाटक मञ्चन गर्न पाइँदैन, राष्ट्रिय एकतामा खलल पुर्‍याउने काम बन्द गर, शहीद लखन थापाको शालिक ससम्मान स्थानान्तरण गर लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका थिए ।