५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

जन सेवाको कामलाई पहिलो प्राथमिकता दिनेछु: नवनियुक्त मन्त्री साह

जन सेवाको कामलाई पहिलो प्राथमिकता दिनेछु: नवनियुक्त मन्त्री साह
अ+ अ-

काठमाडौँ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढंगले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताउनुभएको छ ।

सोमवार शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्नुभएका उहाँले आफ््नो मन्त्रालयले आम नागरिकलाई दिने सेवा सहज ढंगले अघि बढाउने कामलाई आफूले प्राथमिकता दिने बताउनुभएको हो ।

सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै नवनियुक्त मन्त्री साहले आम नागरिकको लागि मन्त्री पदको जिम्मेवारी लिएकाले संविधानले दिएको जिम्मेवारी अनुसार आफू अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । पार्टीले दिएको निर्देशन अनुसार भन्दा पनि संविधानको व्यवस्था अनुसार आफूले काम गर्ने उहाँको भनाई थियो ।

मन्त्री साहले भन्नुभयो, ‘सरकारी निकायको जति पनि काम कारबाही हुन्छ । यो संघीय मामिला मन्त्रालयको । आम नागरिकलाई सहज ंढंगले सेवा प्रवाह हामीले कसरी दिनसक्छौं ? त्यही नै मेरो पहिलो प्राथमिकता हुन्छ । आम नागरिकको तर्फबाट हामी यहाँ आएका छौं । पार्टीको कुरा यसमा आएन । संविधान अनुसार हामी कसरी सुलभ तरिकाले सेवा प्रवाह गर्नसक्छौं ? त्यसमा लाग्ने हो ।’

जनमत पार्टीको तर्फबाट साह मन्त्री पदमा नियुक्त हुनुभएको हो । यसअघि माओवादी केन्द्रको तर्फबाट सो मन्त्रालयको जिम्मेवारी लिनुभएका अमनलाल मोदीलाई साउन २८ गते आईतवार (हिजो) मन्त्री पदबाट फिर्ता बोलाइएको थियो ।

जनमत पार्टी एक मन्त्रीसहित पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा सहभागी भएको थियो । अब्दुल खानलाई प्रधानमन्त्री दाहालले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएपनि चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत पार्टी सरकारबाट बाहिरिएको थियो ।