१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काउन्सिलका पदाधिकारी र सीआइबीका अनुसन्धानकर्तामाथि छानबिन गर्न चिकित्सक संघको माग



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल चिकित्सक संघले नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सीआइबीका अनुसन्धानकर्तामाथि छानबिन र कारबाहीको माग गरेको छ।

चिकित्सक संघले आज एक विज्ञप्ति जारी गर्दै निर्दोष चिकित्सकलाई पक्राउ गरी उनको मानमर्दन गरेको, मानसिक तनाव दिएको भन्दै त्यसमा संलग्न काउन्सिलका पदाधिकारी र सीआईबीका अनुसन्धानकर्तामाथि छानबिन र कारबाहीका लागि माग गरेको हो ।

संघको आजीवन सदस्य रहेका डा रन्जीतकुमार यादवलाई पक्राउ गरी मानमर्दन गरेको र न्यूनतम मानवअधिकार हनन गरेको घटनामा ध्यानाकर्षण भएको संघले जनाएको छ ।

संघले नक्कली डाक्टर पक्राउ गर्ने नेपाल प्रहरीको अभियानका क्रममा काउन्सिलका अधिकारीले गलत विवरण उपलब्ध गराएको र सीआईबीले सोही व्यक्तिलाई पक्राउ गरेको भन्दै सो घटनामा संलग्नमाथी छानबिन र कारबाहीको माग गरेको हो।

“घटनालाई गम्भीररुपमा लिई कानूनी कारबाही अघि नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघ यथाशीघ्र कडा कदम चाल्न बाध्य हुनेछ”, संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।