२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काउन्सिलका पदाधिकारी र सीआइबीका अनुसन्धानकर्तामाथि छानबिन गर्न चिकित्सक संघको माग



अ+ अ-

काठमाडौँ । नेपाल चिकित्सक संघले नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सीआइबीका अनुसन्धानकर्तामाथि छानबिन र कारबाहीको माग गरेको छ।

चिकित्सक संघले आज एक विज्ञप्ति जारी गर्दै निर्दोष चिकित्सकलाई पक्राउ गरी उनको मानमर्दन गरेको, मानसिक तनाव दिएको भन्दै त्यसमा संलग्न काउन्सिलका पदाधिकारी र सीआईबीका अनुसन्धानकर्तामाथि छानबिन र कारबाहीका लागि माग गरेको हो ।

संघको आजीवन सदस्य रहेका डा रन्जीतकुमार यादवलाई पक्राउ गरी मानमर्दन गरेको र न्यूनतम मानवअधिकार हनन गरेको घटनामा ध्यानाकर्षण भएको संघले जनाएको छ ।

संघले नक्कली डाक्टर पक्राउ गर्ने नेपाल प्रहरीको अभियानका क्रममा काउन्सिलका अधिकारीले गलत विवरण उपलब्ध गराएको र सीआईबीले सोही व्यक्तिलाई पक्राउ गरेको भन्दै सो घटनामा संलग्नमाथी छानबिन र कारबाहीको माग गरेको हो।

“घटनालाई गम्भीररुपमा लिई कानूनी कारबाही अघि नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघ यथाशीघ्र कडा कदम चाल्न बाध्य हुनेछ”, संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।