५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

मासिक प्रगति प्रतिवेदन बुझाउन सञ्चारमन्त्रीको निर्देशन

मासिक प्रगति प्रतिवेदन बुझाउन सञ्चारमन्त्रीको निर्देशन
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्ष २०८०/७९ मा प्रत्येक महिना प्रगति विवरण पेस गर्न मन्त्रालय मातहातका निकायलाई निर्देशन दिनुभएको छ ।

आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक एवम् वार्षिक प्रगति समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा उहाँले योजनाअनुरुप काम सम्पन्न गर्नका लागि प्रत्येक निकायले हरेक महिना प्रगति विवरण पेस गर्न निर्देशन दिनुभएको हो । “राम्रोसँग काम गर्न खोजेका छौँ, अधिकतम प्रयत्न पनि गरेका छाँै, योजना पनि बनाएका छौँ”, मन्त्री शर्माले भन्नुभयो, “तै पनि सोचेअनुरुप प्रगति हुनसकेन, अति गम्भीर भएर काम गर्नुपर्ने भयो, अब चाँही हेरक महिना प्रगति प्रतिवेदन बुझाउनुस ।”

कानुन बनाउनुपर्ने, प्रधानमन्त्री कार्यालयसँग समन्वय गरेर गर्नुपर्ने काममा मन्त्रालयले सहयोग गर्ने तर मन्त्रालय अन्तर्गतका ६ क्षेत्र र १८ निकायले ठोस् र मूर्तरुपमा काम गर्नुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो । चालु आवमा नयाँ ढङ्गले काम गर्दै अघि बढनुपर्ने र १६औँ योजनामा सूचना प्रविधिको क्षेत्रमा कसरी प्रवेश गर्ने र ‘डिजिटल नेपाल फ्रेमवक’लाई कसरी अघि बढाउने भन्ने विषयमा स्पष्ट नीति बनाएर अघि बढनुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री शर्माले सरकारको प्राथमिकताको कार्यसूची सुशासन र पारदर्शीता नै भएको तथा आफूले गर्न सक्ने कामको मात्र योजना बनाउन र पूर्णरुपमा बजेटको कार्यान्वयन गरेर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य अनिता शाह ढुङ्गानाले सूचना प्रविधिको विकासको कुरालाई प्राथमिकताका साथ लैजानुपर्ने उल्लेख गर्दै सेवा प्रदानका विषयमा निरीक्षण र मूल्याङ्कनको विषयलाई बढी ध्यान दिनुपर्ने बताउनुभयो । राम्रो काम गर्नेलाई सम्मान र काम नगर्नेलाई दण्डको व्यवस्थासमेत गरेर जानुपर्ने उहाँले सुझाव दिनुभयो । नागरिक एपलाई प्रभावकारी बनाउन केही थप गरेर सहजरुपमा सुविधा लिन सक्ने बनाउन ढुङ्गानाले सुझाव दिनुभयो ।

मन्त्रालयका सचिव कृष्णबहादुर राउतले राष्ट्रिय समाचार समिति, रेडियो नेपाललगायत केहीले शतप्रतिशत बजेट खर्च गरेको भए पनि केही निकायले भएको बजेटको राम्रोसँग खर्च गर्न नसक्नु दु:खद भएको बताउनुभयो । कतिपय निकायको ५० प्रतिशत भन्दा कम प्रगति देखिएको हुनाले आशलाग्दो अवस्था नभएकाले सबै निकायले जिम्मेवार र क्रियाशील भएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रिय समाचार समिति का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपाली आमसञ्चार क्षेत्रको सवलीकरण गर्न दुई/तीन भाषाका मातृभाषामा सेवा विस्तार गर्नुपर्ने र २४सै घण्टा सेवा सञ्चालनका सम्बन्धमा सहयोग गर्न मन्त्रालयसित आग्रह गर्नुभयो । रासस ऐन संशोधन प्रक्रियामा रहेको र ऐन संशोधन नहुँदा प्यान नम्बर लिन समस्या भएको सो अवसरमा उहाँले अवगत गराउनुभयो । साथै, श्रव्यदृश्य सेवा सञ्चालन गर्न आवश्यक जनशक्तिका लागि दरबन्दी नभएकोतर्फ मन्त्रालयको ध्यानाकर्षण गराउँदै कार्यकारी अध्यक्ष झाले सरकार आश्रित सेवामूलक संस्था भएको हुनाले उपदान कोषमा रकमसमेत नभएको जानकारी गराउनुभयो ।

नेपाल टेलिभिजनका अध्यक्ष समीरजङ्ग शाह, गोरखापत्र संस्थानका अध्यक्ष विष्णुप्रसाद सुवेदी, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागार्इंलगायतले आ–आफ्नो निकायका प्रगति, कार्यसम्पादन, चुनौतीका बारेमा अवगत गराउनुभएको थियो ।

समग्र मन्त्रालयको गत आर्थिक वर्षमा चालुतर्फ ८५.६२ प्रतिशत र पुँजीगततर्फ ५६.७२ प्रतिशत खर्च भएको सो अवसरमा विवरण प्रस्तुत गरिएको थियोे । त्यस्तै, तुलनात्मक वित्तीय तथा भौतिक प्रगतिमा वित्तीय प्रगति ७३ प्रतिशत र भौतिक प्रगति ७९ प्रतिशत लक्ष्य हासिल भएको प्रतिवेदनमा उल्लेख छ । रासस