२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनी देवलको ‘गदर २’ हेर्न हलभित्रै ट्याक्टर लिएर गए दर्शकहरु



अ+ अ-

एजेन्सी । सनी देवल अभिनित बलिउड फिल्म ‘गदर–२’ ले बक्स अफिसमा बम्पर कमाइ जारी राखेको छ । फिल्मले दोस्रो दिन ४३.०८ करोड कमाएको छ । दुई दिनमा फिल्मको कुल कमाई ८३.१८ करोड पुगेको छ ।

आज अर्थात आइतबार फिल्मले सय करोड आंकडा पार गर्ने देखिन्छ । फिल्मको क्रेज यति धेरै छ कि मानिसहरु ट्रयाक्टरमा फिल्म हेर्न पुगेका छन् ।

२२ वर्षअघि यसको पहिलो भागमा देखिएको क्रेज गदर–२ मा पनि उत्तिकै देख्न सकिन्छ । मानिसहरु थिएटरतर्फ दौडिरहेका छन् । कोही ट्याक्टर लिएर कोही ह्यान्डपम्प लिएर सिनेमा हल जाँदैछन् । ‘हिन्दुस्तान जिन्दाबाद’को नारा लगाइएको छ । मानिसहरू थिएटरहरूमा नाचिरहेका छन् ।

चलचित्रको दर्शकमा रहेको क्रेज अनुसार चलचित्रले कमाई गरिरहेको छ । यो फिल्म एकल रिलिज भएको भए पठानको कीर्तिमान पनि तोड्न सक्ने एनालिस्टहरु बताउँछन् । अक्षय कुमार र पंकज त्रिपाठी अभिनित ‘ओएमजी २’ र यो फिल्म एकैसाथ रिलिज भएका छन् ।

दुई दिनमै गदर २ सनी देवलको करियरकै सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । गदरको पहिलो भागले करिब ७८ करोड रुपैयाँ कमाएको थियो । दुबै फिल्मको निर्देशन अनिल शर्माले गरेका हुन् । सनी देवलको अपोजिटमा अमिशा पटेल रहेकी छन् ।