२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनी देवलको ‘गदर २’ हेर्न हलभित्रै ट्याक्टर लिएर गए दर्शकहरु



अ+ अ-

एजेन्सी । सनी देवल अभिनित बलिउड फिल्म ‘गदर–२’ ले बक्स अफिसमा बम्पर कमाइ जारी राखेको छ । फिल्मले दोस्रो दिन ४३.०८ करोड कमाएको छ । दुई दिनमा फिल्मको कुल कमाई ८३.१८ करोड पुगेको छ ।

आज अर्थात आइतबार फिल्मले सय करोड आंकडा पार गर्ने देखिन्छ । फिल्मको क्रेज यति धेरै छ कि मानिसहरु ट्रयाक्टरमा फिल्म हेर्न पुगेका छन् ।

२२ वर्षअघि यसको पहिलो भागमा देखिएको क्रेज गदर–२ मा पनि उत्तिकै देख्न सकिन्छ । मानिसहरु थिएटरतर्फ दौडिरहेका छन् । कोही ट्याक्टर लिएर कोही ह्यान्डपम्प लिएर सिनेमा हल जाँदैछन् । ‘हिन्दुस्तान जिन्दाबाद’को नारा लगाइएको छ । मानिसहरू थिएटरहरूमा नाचिरहेका छन् ।

चलचित्रको दर्शकमा रहेको क्रेज अनुसार चलचित्रले कमाई गरिरहेको छ । यो फिल्म एकल रिलिज भएको भए पठानको कीर्तिमान पनि तोड्न सक्ने एनालिस्टहरु बताउँछन् । अक्षय कुमार र पंकज त्रिपाठी अभिनित ‘ओएमजी २’ र यो फिल्म एकैसाथ रिलिज भएका छन् ।

दुई दिनमै गदर २ सनी देवलको करियरकै सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । गदरको पहिलो भागले करिब ७८ करोड रुपैयाँ कमाएको थियो । दुबै फिल्मको निर्देशन अनिल शर्माले गरेका हुन् । सनी देवलको अपोजिटमा अमिशा पटेल रहेकी छन् ।