२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टेलिकमको तेस्रो त्रैमासिकमा बढ्यो आम्दानी



अ+ अ-

काठमाडौं। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको आम्दानी ७ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा टेलिकमले सेवाबाट मात्रै ९ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको हो । टेलिकमका अनुसार यो दोस्रो त्रैमासिकको सेवाबापतको आम्दानीभन्दा ६३ करोड ६८ लाखले बढी हो ।

टेलिकमको दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा खुद नाफा पनि बढेको जनाइएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा खुद मुनाफा १ अर्ब ७७ करोड १६ लाख रहेकोमा तेस्रो त्रैमासिकमा खुद नाफा २ अर्ब ५९ करोड ५० लाख ७७ हजार पुगेको हो । दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा खुद मुनाफा ८२ करोड ३४ लाख ५२ हजार बढेको हो । 

टेलिकमले गत आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म गरेको कुल सेवाबापतको आयभन्दा यसपटकको सेवाबापतको आय करिब साढे दुई प्रतिशतले बढेको छ । गत वर्ष तेस्रो त्रैमासिकसम्म टेलिकमले सेवाबाट मात्रै २६ अर्ब ८३ करोड ६६ लाख आम्दानी गरेको थियो । यो आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म सेवातर्फबाट २७ अर्ब ४५ करोड १३ लाख आम्दानी गरेको टेलिकमले जनाएको छ ।

सेवातर्फको आय र मुनाफा बढे पनि कुल आम्दानीमा भने यो वर्ष कमी आएको टेलिकमले जनाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म टेलिकमले ३२ अर्ब २७ करोड २३ लाख आम्दानी गरेको थियो । तर यो आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म टेलिकमको कुल आय ३१ अर्ब ६७ करोड ३७ लाख मात्रै छ । खुद मुनाफामा पनि गत वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

गत वर्ष तेस्रो त्रैमासिकसम्म टेलिकमले ७ अर्ब ५६ करोड ५५ लाख खुद मुनाफा गरेको थियो । तर यो वर्ष तेस्रो त्रैमासिकसम्म ५ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेको छ । बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप तथा कुल निक्षेपमा प्राप्त हुने ब्याजदर अघिल्लो वर्षको तुलनामा कम भएकाले ब्याज आम्दानीमा कमी आएकाले खुद मुनाफामा कमी आएको टेलिकमको भनाई छ ।