२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘जेलर’को सफलताकाबीच बद्रीनाथ पुगे रजनीकान्त



अ+ अ-

एजेन्सी । साउथ सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ रिलिज भएको तीन दिनमै १०० करोड क्लबमा प्रवेश गरेको छ । फिल्म रिलिजपछि रजनीकान्तले शनिबार उत्तराखण्डको प्रसिद्ध धार्मिकस्थल बद्रीनाथ मन्दिरको दर्शन गरेका थिए ।

यस सम्बन्धमा एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । यस भिडियोमा रजनीकान्त मन्दिरभित्र आफ्ना फ्यानहरूलाई अभिवादन गरिरहेको देखिन्छ ।

रजनीकान्तले मन्दिरबाहिर कारबाट निस्केपछि आफ्ना फ्यानहरूलाई हात हल्लाए । रजनी मन्दिरको सिँढीमा हिँड्ने बित्तिकै उनका फ्यानहरू उनीसँग हात मिलाउन थाले । यसै क्रममा एन्ट्री गेटमा एक फ्यानले रजनीकान्तको खुट्टा छोए । रजनीकान्त बद्रीनाथ मन्दिरको आरतीमा पनि सहभागी भएका थिए ।

फिल्मले ओपनिंग दिनमै भारतमा करिब ४८ करोड रुपैयाँ कलेक्सन गरेको थियो । फिल्मले अहिलेसम्म करिब १०९.१० करोड कलेक्सन गरिसकेको छ ।

यो फिल्म सन् २०२३ मा ओपनिङ डेमा अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने तमिल फिल्म बनेको छ । अहिलेसम्म यो कीर्तिमान निर्देशक मणिरत्नमको फिल्म पीएस–२ को नाममा थियो । फिल्मले ओपनिङ डेमै करिब ३२ करोड कमाएको थियो ।

निर्देशक नेल्सनको फिल्म जेलरमा रजनीकान्त टाइगर मुथुवेल पाण्डियनको भूमिकामा छन् । फिल्ममा टाइगरले एउटा समूहलाई रोक्न खोज्छ जसको उद्देश्य कुनै पनि हालतमा आफ्नो नेतालाई जेलबाट बाहिर निकाल्ने हो । फिल्ममा राम्या कृष्णन, तमन्ना भाटिया, विनायकन, योगी बाबु, मोहनलाल र ज्याकी श्राफको पनि अभिनय रहेको छ ।