• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

फिल्म ‘जेलर’को सफलताकाबीच बद्रीनाथ पुगे रजनीकान्त



एजेन्सी । साउथ सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ रिलिज भएको तीन दिनमै १०० करोड क्लबमा प्रवेश गरेको छ । फिल्म रिलिजपछि रजनीकान्तले शनिबार उत्तराखण्डको प्रसिद्ध धार्मिकस्थल बद्रीनाथ मन्दिरको दर्शन गरेका थिए ।

यस सम्बन्धमा एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । यस भिडियोमा रजनीकान्त मन्दिरभित्र आफ्ना फ्यानहरूलाई अभिवादन गरिरहेको देखिन्छ ।

रजनीकान्तले मन्दिरबाहिर कारबाट निस्केपछि आफ्ना फ्यानहरूलाई हात हल्लाए । रजनी मन्दिरको सिँढीमा हिँड्ने बित्तिकै उनका फ्यानहरू उनीसँग हात मिलाउन थाले । यसै क्रममा एन्ट्री गेटमा एक फ्यानले रजनीकान्तको खुट्टा छोए । रजनीकान्त बद्रीनाथ मन्दिरको आरतीमा पनि सहभागी भएका थिए ।

फिल्मले ओपनिंग दिनमै भारतमा करिब ४८ करोड रुपैयाँ कलेक्सन गरेको थियो । फिल्मले अहिलेसम्म करिब १०९.१० करोड कलेक्सन गरिसकेको छ ।

यो फिल्म सन् २०२३ मा ओपनिङ डेमा अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने तमिल फिल्म बनेको छ । अहिलेसम्म यो कीर्तिमान निर्देशक मणिरत्नमको फिल्म पीएस–२ को नाममा थियो । फिल्मले ओपनिङ डेमै करिब ३२ करोड कमाएको थियो ।

निर्देशक नेल्सनको फिल्म जेलरमा रजनीकान्त टाइगर मुथुवेल पाण्डियनको भूमिकामा छन् । फिल्ममा टाइगरले एउटा समूहलाई रोक्न खोज्छ जसको उद्देश्य कुनै पनि हालतमा आफ्नो नेतालाई जेलबाट बाहिर निकाल्ने हो । फिल्ममा राम्या कृष्णन, तमन्ना भाटिया, विनायकन, योगी बाबु, मोहनलाल र ज्याकी श्राफको पनि अभिनय रहेको छ ।