• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुनचाँदीको मूल्यमा स्थिर रहि शुक्रबार कै मूल्य कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन शुक्रबार कै मूल्यमा यथावत रहि प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आईतबार तेजाबी सुन पनि स्थिर रहि शुक्रबार कै मूल्य प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

यता, चाँदी पनि शुक्रबारकै मूल्य प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा करोबार भइरहेको छ ।