४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टर मियामी लिग्स कपको सेमिफाइनलमा



अ+ अ-

एजेन्सी । लिग्स कप अन्तर्गत आज बिहान सम्पन्न क्वार्टरफाइनल खेलमा इन्टर मियामीले जित निकालेको छ ।

चार्लट एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै मियामी सेमिफाइनल प्रवेश गरेको हो । मियामीको जितमा जोसेफ मार्टिनेज, रोबर्ट टेलर र लियोनल मेसीले एक–एक गोल गरे । एक गोल भने मियामीले उपहारस्वरुप पाएको थियो ।

खेलको १२औं मिनेटमा पेनाल्टी मार्फत मार्टिनेजले गोल गरेका थिए ।

यस्तै, ३२औं मिनेटमा टेलरले अग्रता दोब्बर बनाए । ७८औं मिनेटमा चार्लटका मालान्दाले आत्मघाती गोल गर्दा मियामी ३–० गोलले अघि बढ्यो ।

खेलको ८६औं मिनेटमा अर्जेन्टिनी सुपरस्टार मेसीले गोल गरे । यो सहित मेसीले मियामीका लागि पाँच खेलमा आठ गोल गरिसकेका छन् । साथै, लिग्स कप २०२३ मा मेसी सर्वाधिक गोलकर्ता बनिसकेका छन् ।

अब मियामीले सेमिफाइनलमा फिलाडेल्फिया यूनियन विरुद्ध खेल्नेछ । सेमिफाइनल खेल आगामी मंगलबार हुनेछ ।