१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्यालेन्सियाले सेभियालाई हरायो



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत भ्यालेन्सियाले जित निकालेको छ । गएराति भएको खेलमा भ्यालेन्सियाले सेभियालाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको हो ।

भ्यालेन्सियाको जितमा खेलको ६० औं मिनेटमा मोउक्टार दियाखावी र ८८ औं मिनेटमा जाभी गुएराले गोल गरे । यता ६९ औं मिनेटमा युसेफ एन नेसीरीले गरेको गोल सेभियाका लागि सान्त्वना गोल बन्यो ।

खेलको ८१ औं मिनेटमा लोइक बेडले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेभिया १० खेलाडीमा समेटिएको थियो ।

भ्यालेन्सियाले पहिलो खेलमा जित निकाल्दै ३ अंक जोडेको छ । यता सेभियाले भने हारबाट लिगको नयाँ सिजनको सुरुवात गरेको छ ।