१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सलाई हराउँदै स्पेन महिला विश्वकपको सेमिफाइनलमा



अ+ अ-

एजेन्सी । स्पेन फिफा महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपाली समयानुसार शुक्रबार बिहान न्यूजिल्याण्डको वेलिङ्टन स्टेडियममा भएको क्वाटरफाइनलको खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलले पाखा लगाउँदै स्पेन पहिलोपटक महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

स्पेनलाई जित दिलाउन मारिओना काल्डेन्टीले र साल्मा एइंगोनोले गोल गरे । नेदरलयन्ड्सकी स्टेफानी भान डर ग्राग्टले एक गोल फर्काइन् ।

खेलको निर्धारित ९० मिनेटसम्म खेल १–१ गोलको बराबरीमा सकिएपछि थप अतिरिक्त समयमा खेल लम्बिएको थियो । १११ औं मिनेटमा एइंगोनोले गोल गर्दै स्पेनलाई सेमिफाइनलमा पुर्याइन् ।

त्यसअघि ८१ औं मिनेटमा स्पेनकी मारिओनाले पेनाल्टीमा गोल गरेकी थिइन् भने ग्राग्टले ९०+१ मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई १–१ को बराबरीमा ल्याएकी थिइन् ।