२९ भाद्र २०८३, सोमबार
,
Latest
भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सलाई हराउँदै स्पेन महिला विश्वकपको सेमिफाइनलमा



अ+ अ-

एजेन्सी । स्पेन फिफा महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपाली समयानुसार शुक्रबार बिहान न्यूजिल्याण्डको वेलिङ्टन स्टेडियममा भएको क्वाटरफाइनलको खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलले पाखा लगाउँदै स्पेन पहिलोपटक महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

स्पेनलाई जित दिलाउन मारिओना काल्डेन्टीले र साल्मा एइंगोनोले गोल गरे । नेदरलयन्ड्सकी स्टेफानी भान डर ग्राग्टले एक गोल फर्काइन् ।

खेलको निर्धारित ९० मिनेटसम्म खेल १–१ गोलको बराबरीमा सकिएपछि थप अतिरिक्त समयमा खेल लम्बिएको थियो । १११ औं मिनेटमा एइंगोनोले गोल गर्दै स्पेनलाई सेमिफाइनलमा पुर्याइन् ।

त्यसअघि ८१ औं मिनेटमा स्पेनकी मारिओनाले पेनाल्टीमा गोल गरेकी थिइन् भने ग्राग्टले ९०+१ मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई १–१ को बराबरीमा ल्याएकी थिइन् ।