• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी ★   केकेआरसँग फाइनलमा को भिड्ने ? यस्तो छ इंग्ल्यान्डका लिजेण्डको भविष्यवाणी ★   कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट ★   ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार ★   व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश

विवादका विषय समूहमा भन्न असजिलो हुन्छ, मेलमिलापका लागि छुट्टै कक्ष चाहिन्छ: उपप्रमुख डंगोल



काठमाडौँ । ‘विवादका पक्षहरुका कुरा समूहमा भन्न असजिलो हुन्छ । कतिपय अवस्थामा अन्तरङ्ग कुरा पनि हुन सक्छ । यस्ता कुरा गर्दा व्यक्तिको गोपनीयताको हकको ख्याल गर्नुपर्छ ।

नितान्त कुरा समूहमा आउँदा त्यसले पार्ने प्रभाव आँकलन गर्नुपर्छ ।’ मेलमिलाप कक्ष स्थापना र उपयोगका सन्दर्भमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘महानगरपालिकाका सबै वडाहरुमा मेलमिलापको अभ्यास भइरहेको छ । ठाउँ अभावका कारण कतिपय वडामा सोचेको जस्तो व्यवस्थित हुन सकेको छैन । यो हाम्रो प्राथमिक कार्यक्रम हो ।’ उहाँले वडा नं. २३ को नयाँ भवनमा स्थापना गरिएको मेलमिलाप कक्षको शुभारम्भ गर्दै यस्तो बताउनुभएको हो ।

‘कार्यालय प्रयोजनका लागि हामीले सुल्झाएका विवादहरुको अभिलेखन कार्यलाई व्यवस्थित गर्नुपर्छ । यसबाट दुईवटा फाइदा हुन्छन् । एउटा घटनाको प्रकृति हेरेर सामाजिक मनोविज्ञान अध्ययन गर्न सकिन्छ । अर्को, हामीले गरेका प्रयत्न र प्राप्त नतिजालाई अङ्कमा देखाउन सकिन्छ । यो अभिलेखन केवल कार्यालय प्रयोजनका लागि मात्र हुनेछ ।’

यो बर्षका अन्त्यमा विवाद समाधान तथा मेलामिलाप सम्बन्धी वडास्तरीय विवरणको तुलनात्मक विश्लेषण गरिने, उहाँको भनाइ थियो ।

त्यस क्रममा बोल्दै वडा २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले, आएकामध्ये ८० प्रतिशतभन्दा धेरै विवाद कार्यकक्षमै समाधान हुने गरेको अनुभव सुनाउनुभयो । ‘आपसी असझदारीलाई विवादका रुपमा होइन, छलफलका रुपमा आपसी कुरा सुन्छौँ । यसरी कुरा गर्दागर्दै विवाद टुङ्गोमा पुग्छ ।’ महर्जनले भन्नुभयो, ‘हाम्रो वडाबाट न्यायिक समितिमा धेरै विवाद गएकै छैनन् । हामी चाहन्छौँ, सबै वडामध्ये हाम्रो वडाबाट केन्द्रमा विवाद नजाओस् । गए पनि संख्या असाध्यै न्यून होस् ।’

यस अघि वडाले कार्यालय सञ्चालन भएको ठाउँमा मेलमिलाप गराउने गरेको थियो । महिला सञ्जाल र मेलमिलाप केन्द्रका लागि छुट्टै कक्ष चाहिने भएपछि ओमबहालमा भाडामा लिएर कक्ष स्थापना गरेको हो ।
उद्घाटनपछि उपप्रमुख डंगोलले, महिला सञ्जालको कार्य कक्ष र मेलमिलाप कक्षको निरीक्षण गर्नुभएको थियो ।

कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यका अनुसार वडा नं. १३ मा छुट्टै कक्ष स्थापना गर्न सकिएको छैन । भाडामा ठाउँ पनि पाइएको छैन । यसकारण जनप्रतिनिधिको कार्य कक्षमा मेलमिलापको अभ्यास गर्ने गरिएको छ । भाडामा ठाउँ लिन नपाएका र आफ्नै भवनमा पनि छुट्टै कक्ष स्थापना गर्न ठाउँ नभएका वडामा कार्यालय समय अगाडि पछाडि पारेर जनप्रतिनिधिकै कार्य कक्षमा मेलमिलाप गराउने गरिएको छ । धेरै वडामा कक्ष स्थापना भइसकेका छन् । ती कक्षलाई व्यवस्थित गर्न निरन्तर काम हुनेछ ।