२४ श्रावण २०८३, आईतवार
,
Latest
समावेशिता नारामा सिमित नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छः उपराष्ट्रपति यादव आदिवासी जनजातिको ज्ञान र सीपलाई विकासको मोडल बनाउनुपर्छः कार्यवाहक प्रमुख डंगोल सरकारको नेतृत्व गर्नेबाट नै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको छः भीष्मराज आङ्देम्बे बाँकेको भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो १५ औँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैनः सभापति थापा कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः राजेश हमाल देउवा–ओलीबीच भएको सहमति कार्यान्वयन गर्न खोज्दा प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने प्रश्ताव आयो, हामीले मानेनौँः गगन… प्राप्त अधिकार संस्थागत गर्दै पुस्तान्तरण गर्नुपर्छ : मन्त्री श्रेष्ठ माडी जाने सडकको झाडी फँडानी सुरु, वन्यजन्तु र यात्रुको सुरक्षा बढ्ने अपेक्षा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरस्वती नेपालीलाई जातीय विभेद विरोधी अवार्ड प्रदान गर्ने अमेरिकी घोषणा



अ+ अ-

काठमाडौं: अमेरिकी विदेश मन्त्रालयले यस वर्षको “ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड” नेपालकी सरस्वती नेपाली समेत विश्वका छ जनालाई प्रदान गर्ने घोषणा गरेको छ ।

उक्त अवार्ड वासिङटन डिसीमा अगष्ट ९ मा अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिन्केनले प्रदान गर्नु हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

सीमान्तकृत समुदायको मानव अधिकारका क्षेत्रमा नागरिक समाजका तर्फबाट विशिष्ट योगदान गरेको मन्त्रालयको भनाई छ ।

नेपालबाट पुरस्कृत हुने सरस्वती नेपाली दलित समाज विकास मंचकी अध्यक्ष हुनुहुन्छ । उहाँ दलित समेतका सीमान्तकृत समुदाय, अशक्त तथा गरिबीको चपेटामा रहेका व्यक्ति र समुदायको मानव अधिकारका लागि निरन्तर संघर्षशील रहनु भएको छ ।

सुदूरपश्चिममा जन्मनु भएकी सरस्वती नेपालीले दलित समुदायको सामाजिक न्यायको आन्दोलनमा सक्रियतापूर्वक नेतृत्व र सहभागिता जनाउनुका साथै उनीहरुका लागि जमिनको अधिकार दिलाउन, शिक्षामा पहुँच तुल्याउने तथा अदालतबाट न्यायमा समान हासिल गराउन महत्वपूर्ण योगदान गर्नु भएको छ ।

यो पुरस्कारबाट कारी कुजाजारा (ब्राजिल), ओस्वाल्डो बिल्बाओ लोबाटोन (पेरू), रानी यान यान (बंगलादेश), साडिया मोस्बाह (ट्युनिसिया) र भिक्टोरिया लुका (मोल्दोभा) पनि पुरस्कृत भएका छन् ।




भर्खरै