२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी नदीले सतर्कता तह पार गर्‍यो



फाईल फोटो
अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सिमाना हुँदै बग्ने नारायणी नदीले सतर्कता विन्दु पार गरेको छ । जल मापन केन्द्र देवघाटले जनाएअनुसार नदीले आज साँझ ७ बजे सतर्कता विन्दु पार गरेको हो ।

देवघाटको जलमापन केन्द्रका अनुसार अहिले नारायणी नदीमा सात दशमलव ३४ मिटर पानीको सतह रहेको छ । देवघाटमा सात दशमलव तीन मिटर पानीको सतह पुग्दा सतर्कता तह मानिन्छ । नदीमा यस वर्षकै उच्च पानीको सतह पुगेको मापन केन्द्रले जनाएको छ ।

नारायणी नदीको जल मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतराको तह मानिन्छ । नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि जिल्लाको नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो । नारायणी नदीको बाढीबाट जिल्लाको गैँडाकोट, मध्यविन्दु, कावासोती र देवचुली नगरपालिकाका नदी तटीय वडा डुबान तथा कटानको जोखिममा रहेका श्रेष्ठको भनाइ छ ।

स्थानीय प्रशासनले विपद्जन्य जोखिम न्यूनीकरण तथा राहत र उद्धारका लागि पूर्वतयारीका सबै काम गरेको श्रेष्ठको भनाइ छ । पहिरो, बाढी, डुबान तथा कटानमा परेका नागरिकको उद्धार र राहतको लागि पूर्वतयारीका काम गरेको घिमिरेको श्रेष्ठले बताउनुभयो । बाढी पहिरो प्रभावित घरपरिवारको विवरण सङ्कलन गर्ने तथा उनीहरुको व्यवस्थापनमा के कस्ता काम गर्नुपर्छ भन्ने बारेमा पूर्वतयारीका सबै काम गरिएको प्रजिअ श्रेष्ठले बताउनुभयो ।

जिल्लाको विपद् व्यवस्थापनका लागि तीन वटै सुरक्षा निकाय, रेडक्रस तथा विषयगत सङ्घसंस्थालाई तालिमसहित तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । “सकेसम्म विपद् हुनै नदिने र भइहालेको अवस्थामा विपद् व्यवस्थापनसम्बन्धी तालिम लिएका सुरक्षाकर्मी र अन्य सङ्घसंस्थाका प्रतिनिधिलाई परिचालन गर्नेगरी तयारी थालिएको छ”, श्रेष्ठले भन्नुभयो, “जिल्लामा इमिडियट रेस्पोन्स टिम निर्माण गरेर विपद् व्यवस्थापनका लागि पूर्वयोजना तर्जुमालगायतका काम गरेका छौँ ।”