• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

प्रतिनिधिसभामा एमालेको पुन: अवरोध



फाईल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकारको प्रतिबद्धता नआएको भन्दै प्रतिनिधिसभाको बैठक पुन: अवरुद्ध गरेको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुनतस्करीका सम्बन्धमा सदनमा दिनुभएको जवाफप्रति असन्तुष्टि जनाउँदै एमालले आज पनि बैठक अवरुद्ध गरेको हो ।

गृहमन्त्रीको जवाफलगत्तै एमाले सचेतक महेशकुमार बर्तौलाले आफूहरुको मागअनुसार सरकार उच्चस्तरीय छानबिन समिति गठन गर्न तयार नभएसम्म बैठक चल्न नसक्ने बताउनुभयो । एमालेको अवरोधपछि प्रतिनिधिसभाको अर्को बैठक यही साउन २४ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ । रासस