२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पामा बस दुर्घटना: १५ घाइते, ३ जना गम्भीर



अ+ अ-

काठमाडौँ । रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । मंगलबार दिउँसो १ बजे त्रिवेणी गाउँपालिका–७ को तिलाभन्दा करिब ३ किलोमिटर टाढा बस दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार घाइते १० पुरूष र पाँच महिलाको उद्धार गरी स्थानीय मेडिकल र स्वास्थ्य चौकीमा उपचारका लागि पठाइसएिको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।

घाइतेलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकी र मेडिकलमा पठाइए पनि थप उपचारका लागि दाङको घोराही वा जिल्ला अस्पतालमा पठाउने भन्नेबारे छलफल भइरहेको बताइएको छ ।

प्रहरीका अनुसार रोल्पा बागमाराबाट घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्गअन्तर्गत सडकबाट करिब ९० मिटर तल खसेको थियो ।

सवारी चालक फरार रहे पनि दिउँसो २ बजे सशस्त्र प्रहरीको सम्पर्कमा पुगेको बताइएको छ । वर्षाले सडक चिप्लो भएकाले दुर्घटना भएको अनुमान प्रहरीको छ।