२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारमा जाने श्रमिकले निश्चित शुल्क तिर्नैपर्छ: अध्यक्ष खत्री



अ+ अ-

काठमाडाैँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले वैदेशिक रोजगारीमा जाने श्रमिकले कानुनअनुसार केही अनिवार्य शुल्क स्वयंले तिर्नुपर्ने व्यवस्था रहेको बताउनुभएको छ।

बुधबार उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धी छलफलका क्रममा अध्यक्ष खत्रीले श्रमिक बीमा, स्वास्थ्य परीक्षण, सामाजिक सुरक्षा कोष (एसएसएफ) र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कल्याणकारी कोषलगायतका शीर्षकमा लाग्ने शुल्क श्रमिक आफैंले व्यहोर्नुपर्ने कानुनी व्यवस्था रहेको स्पष्ट पार्नुभयो।

उहाँले समाजमा वैदेशिक रोजगार व्यवसायीले यी सबै रकम आफ्नो खल्तीमा राख्ने गरेको भन्ने गलत धारणा फैलिएको भन्दै लागत संरचनालाई पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई सुरुबाटै कुन शीर्षकमा कति शुल्क लाग्छ भन्ने स्पष्ट जानकारी दिइए उनीहरूले आवश्यक आर्थिक तयारी गर्न सहज हुने उहाँको भनाइ थियो।

अध्यक्ष खत्रीले वैदेशिक रोजगारसम्बन्धी ऐन संशोधन आवश्यक रहेको पनि बताउनुभयो। सरकारले घरेलु कामदार विदेश पठाउन रोक लगाएपछि अवैध रूपमा श्रमिक पठाउने वातावरण बनेको आरोप लगाउँदै उहाँले भिजिट भिसाको नाममा घरेलु कामदार विदेश पठाउने प्रवृत्ति बढिरहेको दाबी गर्नुभयो।

उहाँले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउन कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।