२० श्रावण २०८३, बुधबार
,
Latest
१५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि कांग्रेसको एकता अपरिहार्यः रञ्जित कर्ण प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न पोखरा महानगरपालिका प्रमुख आचार्यसँग नेपालका लागि इजरायली राजदूतको भेट नेपाल राष्ट्र बैंक विधेयकः गर्भनरको पदावधिबारे अर्थ समितिमा छलफल नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार वैदेशिक रोजगारमा जाने श्रमिकले निश्चित शुल्क तिर्नैपर्छ: अध्यक्ष खत्री एलपी ग्यासको माग अस्वाभाविक रूपमा वृद्धि, दुई साताभित्र आपूर्ति सहज हुने निगमको दाबी सरकारको दिनगन्ती शुरु भयोः महासचिव विप्लव संसदीय कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त, नयाँ पुनर्गठन आवश्यकः विप्लव
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा खाना पकाउने ग्यासको आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सभापति जयन्तीदेवी राईले समितिको तर्फबाट सरकारलाई यस्तो निर्देशन दिनुभएको हो । उहाँले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउन तथा आवश्यक नीतिगत र कार्यान्वयनात्मक कदम तत्काल अघि बढाउन समेत सरकारलाई निर्देशन दिनुभयो ।

देशभर गुणस्तरीय वस्तु तथा सेवाको आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन तथा कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न सरकारलाई निर्देशन समितिले सरकारलाई  निर्देशन दिएको सभापति राईले बताउनु भयो । उहाँले दैनिक उपभोग्य वस्तु तथा सेवाको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न, सर्वसाधारणको सहज पहुँच हुने गरी सुपथ मूल्य पसलको नियमित अनुगमन तथा क्षेत्रगत दायरा विस्तार गर्न, प्रत्येक पसलमा अनिवार्य रूपमा मूल्यसूची राख्ने व्यवस्था कार्यान्वयन गर्न पनि सरकारलाई निर्देशन दिनुभयो ।

उहाँले संघ, प्रदेश र स्थानीय तहका सरकारबीच तथा सम्बन्धित मन्त्रालयहरूबीच समन्वय र सहकार्य गर्दै नियमित बजार अनुगमन सञ्चालन गर्न, उपभोक्ता हित संरक्षणलाई प्रभावकारी बनाउन, उपभोक्ताका गुनासा सुनुवाइ गर्ने संयन्त्र सुदृढ गर्न तथा उपभोक्ता अदालतलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको सभापति राईले जानकारी दिनुभयो ।–न्युज एजेन्सी नेपाल