६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोरियाको इपिएस प्रणालीमा जतिसुकै छानबिन गरौँ, कतैपनि लुपहोल भेटिन्नः श्रममन्त्री यादव

कोरियाको इपिएस प्रणालीमा जतिसुकै छानबिन गरौँ, कतैपनि लुपहोल भेटिन्नः श्रममन्त्री यादव
अ+ अ-

काठमाडाैँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया रोजगारीका लागि हुने श्रमिक छनोट प्रक्रियामा कुनै पनि प्रकारको अनियमितता वा ‘लुपहोल’ नरहेको दाबी गर्नुभएको छ।

बुधबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापनसम्बन्धी छलफलका क्रममा मन्त्री यादवले कोरियामा रोजगारदाताले उमेर, सीप, भाषा दक्षतालगायतका मापदण्डका आधारमा स्वचालित ‘र्याङ्किङ’ प्रणालीमार्फत श्रमिक छनोट गर्ने भएकाले यस प्रक्रियामा नेपाल सरकारको कुनै हस्तक्षेप नरहेको स्पष्ट पार्नुभयो।

उहाँले ईपीएस भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरिया जान पाउने सुनिश्चितता नहुने उल्लेख गर्दै अन्तिम छनोट रोजगारदाताले गर्ने बताउनुभयो।

मन्त्री यादवका अनुसार हाल म्यानुफ्याक्चरिङ क्षेत्रमा ५ हजार ९०४ र कृषि क्षेत्रमा १ हजार २४४ जना रोस्टरमा छन्। यस वर्ष दुई वर्षे रोस्टर अवधि पूरा गरेका ३ हजार ५१७ जना स्वतः बाहिरिनेछन् भने २०२५ को भाषा परीक्षा उत्तीर्ण करिब ३ हजार १०० जना थपिएपछि म्यानुफ्याक्चरिङतर्फ करिब ६ हजार २९३ जना रोस्टरमा रहनेछन्।

उहाँले कोरियाले प्रत्येक ‘इस्यु पिरियड’मा औसत १ हजार २ सयदेखि १ हजार ८ सय श्रमिक लैजाने भएकाले हालको रोस्टर यसै वर्ष खाली हुने अवस्था रहेको बताउनुभयो। कृषि क्षेत्रमा भने रोस्टरमा जनशक्ति कम रहेकाले समयमै श्रमिक पठाउन नसके कोटा अन्य मुलुकमा सर्न सक्ने जोखिम रहेको उहाँको भनाइ छ।

इजरायल रोजगारीबारे मन्त्री यादवले लटरीमा छनोट भएकाले मात्र जान पाउने व्यवस्था रहेको बताउँदै गत वर्ष लटरीमा नपरेका १ हजार १५३ जनालाई अवसर दिलाउन नयाँ प्रक्रिया ६ महिना ढिलाइ गरिएको जानकारी दिनुभयो। तर इजरायली पक्षले त्यसमा सहमति नजनाएपछि २ हजार ३ सय जनाको माग गुम्ने जोखिम टार्न नयाँ प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो।

उहाँका अनुसार हाल २ हजार ३ सयको मागमध्ये ८ सय ३६ जना लटरीमार्फत छनोट भएर इजरायल जाने प्रक्रियामा छन् भने बाँकी मागबारे इजरायली पक्षको निर्णय प्रतीक्षामा रहेको छ।

मन्त्री यादवले कोरियाको ई–८ (सिजनल) रोजगारी कार्यक्रम तत्काल सञ्चालन नगर्ने स्पष्ट पार्नुभयो। सन् २०२३ मा ई–८ अन्तर्गत गएका करिब ८० प्रतिशत श्रमिक स्वदेश नफर्किएपछि नेपाल तीन वर्षका लागि ‘ब्ल्याकलिस्ट’मा परेको उल्लेख गर्दै पुनः त्यही अवस्था दोहोरिन नदिन कार्यक्रम स्थगित गरिएको बताउनुभयो। ई–७ भिसातर्फ भने माग प्रमाणीकरण (डिमान्ड अटेस्टेसन) प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।

बैठकमा मन्त्रालयका सचिव डा. दीपक काफ्लेले नेपाल सरकारले ईपीएसअन्तर्गत हाल दक्षिण कोरिया र इजरायलसँग मात्र काम गरिरहेको जानकारी दिनुभयो। उहाँले अन्तिम श्रमिक छनोट रोजगारदाताले गर्ने भएकाले सरकारको प्रत्यक्ष भूमिका नरहेको र हालसम्म छनोट प्रक्रियामा अनैतिक अभ्यास वा प्रणालीगत हेरफेर भएको कुनै प्रमाण फेला नपरेको बताउनुभयो।

यद्यपि आवश्यकभन्दा धेरै उम्मेदवार छनोट हुँदा लामो समयसम्म प्रतीक्षामा बस्नुपर्ने अवस्था सिर्जना भई मनोवैज्ञानिक समस्या देखिने भएकाले छनोट प्रणाली पुनरावलोकनबारे छलफल भइरहेको उहाँले जानकारी दिनुभयो।

सचिव काफ्लेले वैदेशिक रोजगारीसम्बन्धी ठगी तथा गुनासो व्यवस्थापनका लागि नयाँ कानुनी व्यवस्था तयारी भइरहेको पनि बताउनुभयो। प्रस्तावित कानुनमार्फत अधिकांश उजुरी जिल्ला तहबाटै टुंग्याउने व्यवस्था गरिने र वैदेशिक रोजगार विभागमा उजुरी फर्स्योटलाई तीव्र बनाउन थप १० जना अधिकृत परिचालन गरिएको जानकारी दिनुभयो।