११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको दिनगन्ती शुरु भयोः महासचिव विप्लव



अ+ अ-

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सरकारको दिनगन्ती शुरु भएको टिप्पणी गर्नुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव चन्दले सरकारको कार्यशैलीप्रति जनस्तरमा तीव्र असन्तुष्टि बढेका कारण यसको आयु छोटिन सक्ने दाबी गर्नुभएको हो ।

परिवर्तनका पक्षधर र प्रगतिशील शक्तिहरूले समेत वर्तमान अवस्थालाई निराशाजनक रूपमा लिएको उल्लेख गर्दै उहाँले जनताले ठूलो धोका महशुस गरिरहेको बताउनु भयो । प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वप्रति जनतामा रहेको अपेक्षा पनि समस्यामा पर्दै गएको उहाँको भनाइ छ । देशको आर्थिक अवस्था डामाडोल भएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले विदेशी ऋणको भार, उत्पादनमा कमी, सुकुम्वासी समस्या, मिटरब्याज र लघुवित्त पीडितका समस्याप्रति राज्य उदासीन रहेको आरोप लगाउनु भयो ।

सरकारले यथाशिघ्र यी समस्या समाधान नगरे नयाँ आन्दोलन निर्माण गर्ने चेतावनी समेत उहाँले दिनुभयो । कम्युनिस्ट पार्टीहरूबीचको एकता र सहकार्यको सन्दर्भमा महासचिव विप्लवले परम्परागत ढङ्गले पार्टी थप्ने वा फुटाउने प्रवृत्तिले निकास नदिने स्पष्ट पार्नुभयो ।

महासचिव चन्दले मुलुकको आन्तरिक राजनीतिक परिस्थितिसँगै अन्तर्राष्ट्रिय शक्ति सन्तुलन पनि चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय शक्तिहरूका गतिविधि नेपाली जनताको अपेक्षा र राष्ट्रिय हित अनुकूल हुन नसक्नु चुनौतीपूर्ण रहेको उहाँले स्पष्ट पार्नुभयो ।–न्युज एजेन्सी नेपाल