९ भाद्र २०८३, मंगलवार
,
Latest
आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका पूर्वमेयर पिएल सिंह बिरामी, भेट्न कांग्रेस नेता कोही गएनन्



अ+ अ-

काठमाडौँ । अस्वस्थ भई उपचाररत काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पिएल सिंहलाई भेट्न नेपाली कांग्रेसका नेताहरु अहिलेसम्म कोही पनि नगएको बुझिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि सिंहलाई यही साउन १४ गते अस्पताल भर्ना गरिएको थियो । अहिले उहाँको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । पहिला पिसाबसम्बन्धी संक्रमणबाट पीडित सिंहलाई केही समयदेखि अल्सरको समस्या देखिएको थियो ।

८४ वर्षीय सिंहलाई आईसियुमा राखेर उपचार गरिएको थियो । विसं २०४९ मा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई सिंह काठमाडौ महानगरपालिकाको मेयर पदमा निर्वाचित हुनुभएको थियो ।

लामो समयदेखि बिरामी भई अस्पतालमा भर्ना हुँदा समेत कांग्रेस नेता सिंहलाई कांग्रेसका कुनै पनि नेता भेट्न नगएको बताइएको छ ।