३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री भएलगत्तै रामकृष्ण चित्रकार लामाटारको ‘डेंगु नियन्त्रण कार्यक्रम’मा



अ+ अ-

ललितपुर । बागमती प्रदेशको उद्योग तथा सामान्य प्रशासन मन्त्री भएको घोषणा लगत्तै रामकृष्ण चित्रकार आइतबार अपरान्ह महालक्ष्मी नगरपालिकाले सो नगरको वडा नं ९ को कार्यालय लामाटारमा आयोजना गरिएको डेंगुरोग रोकथाम तथा नियन्त्रण कार्यक्रममा सहभागी भएका छन् ।

मन्त्री घोषणा हुनुअघि चित्रकार ललितपुर जिल्ला क्षेत्र नं २ (ख) बाट प्रदेश सभा सदस्य थिए । नगरपालिकाद्वारा ‘डेंगु रोगको संभावित महामारी रोकथाम तथा नियन्त्रण’को लागि आयोजना गरिएको स्थानीय जनप्रतिनिधि र सम्वन्धित सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रममा चित्रकार मन्त्री भएलगत्तै प्रमुख अतिथि भएर पुगेका थिए ।

नवनियुक्त मन्त्री चित्रकारलाई महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ, वडा नं ९ का वडाध्यक्ष जयकृष बोगटी तथा सो वडाका जनप्रतिनिधिहरुले वडा कार्यालयमा स्वागत गर्दै वधाई समेत दिएका थिए ।
यो नै मन्त्री भएपछिको चित्रकारको पहिलो औपचारिक कार्यक्रम हो । उनले मन्त्रीको शपथ लिन भने बाँकी छ र यसको लागि उनी बागमती प्रदेश हेटौडामा पुग्नुपर्छ ।

 

महालक्ष्मी नगरपालिका वडा नं ९ का अध्यक्ष जयकृष्ण बोगटीको सभापतित्वमा भएको सो कार्यक्रमको विशेष अतिथि महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ थिए भने अतिथिहरुमा नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान अनिल गुरुङ्ग र आधारभूत स्वास्थ्य केन्द्र लामाटारका प्रमुख डा.रोमिन श्रेष्ठ थिए ।

वडा नं ९ क्षेत्रमा डेंगुको संक्रमण नदेखिएतापनि महालक्ष्मी नगरक्षेत्रभित्र भने यसको संक्रमण देखिएपछि नगरपालिकाले नगरको १० वटै वडामा यसबारे सचेतना अपनाउन थालिसकेको नगरप्रमुख हरिगोविन्द श्रेष्ठले बताए ।
अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै नवनियुक्त मन्त्री चित्रकारले डेंगुलगायतका सबै प्रकारका सरुवा रोग नियन्त्रण गर्दै बागमती प्रदेशका जनताको स्वास्थ्यप्रति प्रदेश सरकार संवेदनशिल भएर काम गर्ने प्रष्ट पारे ।
सो अभिमुखी कार्यक्रममा श्रृंगेरी माविका प्रधानाध्यापक सुनिता छतकुल्ली,वडा सचिव नारायण कुमार श्रेष्ठका साथै आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी तथा वडाका पदाधिकारीहरु स्वास्थ्य स्वयम्सेविकाहरुको सहभागिता थियो ।