४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मन्त्री भएलगत्तै रामकृष्ण चित्रकार लामाटारको ‘डेंगु नियन्त्रण कार्यक्रम’मा

मन्त्री भएलगत्तै रामकृष्ण चित्रकार लामाटारको ‘डेंगु नियन्त्रण कार्यक्रम’मा
अ+ अ-

ललितपुर । बागमती प्रदेशको उद्योग तथा सामान्य प्रशासन मन्त्री भएको घोषणा लगत्तै रामकृष्ण चित्रकार आइतबार अपरान्ह महालक्ष्मी नगरपालिकाले सो नगरको वडा नं ९ को कार्यालय लामाटारमा आयोजना गरिएको डेंगुरोग रोकथाम तथा नियन्त्रण कार्यक्रममा सहभागी भएका छन् ।

मन्त्री घोषणा हुनुअघि चित्रकार ललितपुर जिल्ला क्षेत्र नं २ (ख) बाट प्रदेश सभा सदस्य थिए । नगरपालिकाद्वारा ‘डेंगु रोगको संभावित महामारी रोकथाम तथा नियन्त्रण’को लागि आयोजना गरिएको स्थानीय जनप्रतिनिधि र सम्वन्धित सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रममा चित्रकार मन्त्री भएलगत्तै प्रमुख अतिथि भएर पुगेका थिए ।

नवनियुक्त मन्त्री चित्रकारलाई महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ, वडा नं ९ का वडाध्यक्ष जयकृष बोगटी तथा सो वडाका जनप्रतिनिधिहरुले वडा कार्यालयमा स्वागत गर्दै वधाई समेत दिएका थिए ।
यो नै मन्त्री भएपछिको चित्रकारको पहिलो औपचारिक कार्यक्रम हो । उनले मन्त्रीको शपथ लिन भने बाँकी छ र यसको लागि उनी बागमती प्रदेश हेटौडामा पुग्नुपर्छ ।

 

महालक्ष्मी नगरपालिका वडा नं ९ का अध्यक्ष जयकृष्ण बोगटीको सभापतित्वमा भएको सो कार्यक्रमको विशेष अतिथि महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ थिए भने अतिथिहरुमा नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान अनिल गुरुङ्ग र आधारभूत स्वास्थ्य केन्द्र लामाटारका प्रमुख डा.रोमिन श्रेष्ठ थिए ।

वडा नं ९ क्षेत्रमा डेंगुको संक्रमण नदेखिएतापनि महालक्ष्मी नगरक्षेत्रभित्र भने यसको संक्रमण देखिएपछि नगरपालिकाले नगरको १० वटै वडामा यसबारे सचेतना अपनाउन थालिसकेको नगरप्रमुख हरिगोविन्द श्रेष्ठले बताए ।
अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै नवनियुक्त मन्त्री चित्रकारले डेंगुलगायतका सबै प्रकारका सरुवा रोग नियन्त्रण गर्दै बागमती प्रदेशका जनताको स्वास्थ्यप्रति प्रदेश सरकार संवेदनशिल भएर काम गर्ने प्रष्ट पारे ।
सो अभिमुखी कार्यक्रममा श्रृंगेरी माविका प्रधानाध्यापक सुनिता छतकुल्ली,वडा सचिव नारायण कुमार श्रेष्ठका साथै आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी तथा वडाका पदाधिकारीहरु स्वास्थ्य स्वयम्सेविकाहरुको सहभागिता थियो ।