९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जारको पानी व्यवसायमा गम्भीर लापरबाही भेटियो: मेयर साह



अ+ अ-

काठमाडौंं । काठमाडौंं महानगरपालीकाका प्रमुख बालेन साहले जारमा राखेर गरिने पानीको व्यवसायमा गम्भीर लापरबाही र त्रुटि पाएको जनाउनु भएको छ ।

मेयर साहले सामाजिक संञ्जालमा एक स्टाटस राख्दै जारको पानी परीक्षणका लागि प्रयोगशालामा पठाएको र यसबाट प्राप्त नतिजाका आधारमा पानी व्यवसायप्रतिको दृष्टिकोण निर्माण हुने जनाउनु भएको छ ।

उहाँले लेख्नु भएको छ-

व्यावसायिक रूपमा पिउने पानीको व्यवसाय गर्ने व्यवसायीले जारमा भरेर वितरण गर्ने पानीको गुणस्तरमा ध्यान नदिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

बर्खा याममा पानीजन्य रोग लागेर बिरामी हुने व्यक्तिको संख्या उल्लेख्य हुने गरेको छ । वितरण प्रणालीबाट आएको पानीमा भन्दा जारको पानीमा विश्वास गरेर सहरबासीले जारको पानी किनेर पिउने तथा दैनिक व्यवहारमा प्रयोग गर्ने गरेका छन् । शुद्धताका लागि पैसा तिरेर किनेको पानीको जारमा लेवल नहुनु, उत्पादन मिति उल्लेख नहुनु, जार फोहोर र कुच्चिएको हुनु यसभित्रको पानीको गुणस्तरमा शंका गर्नुपर्ने भएको छ । यो पानी घरघरमा होटल तथा रेस्टुरेन्टमा सिधै प्रयोग गर्ने गरिएको छ । पिउन तथा काँचै खाइने तरकारी तथा फलफूल पखाल्न प्रयोग हुने गरेको छ ।

काठमाडौँ महानगरपालिकाको कृषि तथा खाद्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहित सरोकारवाला निकायले आज गरेको अनुगमनका क्रममा जारमा राखेर गरिने पानीको व्यवसायमा गम्भीर लापरबाही र त्रुटि पाएको छ । यसको गुणस्तर परीक्षणपछि यसको स्तरका विषयमा भन्न प्रयोगसिद्ध आधार हुने भएकोले परीक्षणका लागि प्रयोगशालामा पठाएका छौँ । यसबाट प्राप्त नतिजाका आधारमा जारको पानी व्यवसायप्रतिको दृष्टिकोण निर्माण हुनेछ ।

यस बेला उपभोक्तालाई पानीको शुद्धता यकिन गरेर मात्र जारको पानी खरिद गर्न, जार किन्दा उत्पादक, जारको सिलजस्ता गुणस्तर मापन गरिने पक्ष हेरेर मात्र खरिद गर्नु हुन अनुरोध गर्दछु । स्वास्थ्य रहन पिइने पानी रोगको कारण नबनोस् ।