१२ भाद्र २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित एक जना पक्राउ रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वकप्तान पारस खड्काले बागमती प्रदेशको अध्यक्षमा लड्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को आगमी चुनावमा बागमती प्रदेशको अध्यक्ष पदमा लड्ने भएका छन् ।

पूर्वकप्तान पारसले आफूले बागमती प्रदेशको चुनावमा लड्न तयारी गरिरहेको बताएका हुन् । उनले केन्द्रिय चुनावका लागि भने हालसम्म केहि नसोचेको र प्रदेशको चुनावपछि मात्रै त्यसतर्फ ध्यान दिने बताएका छन् ।

क्रिकेट संघको विधान अनुसार चुनावमा लड्न राष्ट्रिय टोलीबाट खेल्न छाडेको दुई वर्ष पुगेको हुनुपर्छ । दुई दशकसम्म लामो अन्तर्राष्ट्रिय खेललाई बिट मार्दै उनले २०७८ साउन १९ मा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए । बिहीबार मात्रै उनले सन्यास लिएको दुई वर्ष पूरा भएको छ ।

पारसले आफ्नो गृह जिल्ला काठमाडौं हुँदै बागमती प्रदेशको चुनाव लड्ने तयारी गरेका हुन् । ‘क्रिकेटमै काम गर्ने मेरो इच्छा हो । हालका लागि आफैंले खेलेको बागमती प्रदेशको अध्यक्षमा लड्ने तयारी गरिरहेको छु’, उनले भने, ‘केन्द्रिय चुनावबारे अहिले केही पनि सोच छैन । अहिलेलाई प्रदेशको चुनावको लागि तयारी गरिरहेको छु ।’

क्यानले साउन मसान्तसम्म जिल्लाको चुनाव सक्नेछ र त्यसको लगत्तै भदौ दोस्रो साता प्रदेशको चुनाव गर्नेछ । केन्द्रको चुनाव भने असोजमा हुनेछ ।

बागमती प्रदेशमा क्यानको सदस्य मान्यता प्राप्त जिल्लामा मकवानपुर, चितवन, ललितपुर, भक्तपुर, काठमाडौं र नुवाकोट रहेका छन् ।