२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले मुलुकलाई संकटबाट पार लगाउछ: गोकर्ण विष्ट



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले मुलुकलाई संकटबाट पार लगाउने कामको नेतृत्व आफ्नो पार्टीले गरिरहेको दावी गर्नु भएको छ ।

नेकपा (एमाले) गण्डकी प्रदेश प्रचार तथा प्रकाशन विभागले पोखरामा आयोजना गरेको प्रचार कार्यशाला गोष्ठीमा बोल्दै उहाँले राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्दै मुलुकलाई संकटमुक्त बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको बताउनु भएको हो ।

उहाँले आर्थिक–सामाजिक रुपान्तरणमार्फत् मुलुकमा देखिएको संकट समाधान गर्ने अभियानमा आफूहरु जुटिरहेको समेत बताउनु भयो । सचिव विष्टले मुलुकमा व्यापार घाटा चुलिँदै गईरहेको भन्दै यस्तो बेला तत्काल राष्ट्रिय पूँजीको निर्माण गर्ने कार्यमा जुटनुपर्ने आवश्यक्ता औंल्याउनुभयो । उहाँले भन्नु भयो, ‘नेपाल राष्ट्रले आज जुन प्रकारका गम्भिर संकटहरु सामना गरिरहेको छ ।

यो संकटबाट राष्ट्रलाई माथि उठाउँदै आर्थिक–सामाजिक रुपान्तरणमार्फत् नेपाली जनताको जीवनलाई माथि उठाउने र राष्ट्रलाई सबल बनाउने यो कामको अगुवाई हाम्रो पार्टीले गरिरहेको छ । यहाँहरुलाई थाहा छ–हाम्रो देशमा उदार पूँजीवादमार्फत् नेपाली समाजलाई पूँजीवादतिर धकेल्ने अनेकन प्रयत्नहरु चलिरहेको छ । यसबाट जोगाउँदै राष्ट्रिय पूँजीको विकास गर्ने, राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने, उत्पादक शक्तिको विकास गर्ने, श्रम शक्तिलाई बलियो बनाउने, समाजवादको आधार तयार गर्दै आर्थिक–सामाजिक रुपान्तरणमार्फत् सामाजिक न्याय स्थापित गर्ने यो अभियानमा हाम्रो पार्टी अगाडि बढिरहेको छ ।’

सचिव विष्टले काम गर्ने युवा जनशक्ति श्रमको खोजीमा विदेशिन बाध्य हुने अवस्था आएको उल्लेख गर्दै त्यसलाई रोक्ने गरी एमालेले योजना तर्जुमा गरिरहेको बताउनु भयो । त्यस अवसरमा उहाँले पार्टीको प्रचार तथा प्रसार कार्यलाई विश्वसनीय र भरपर्दो बनाउनु पर्नेमा पनि जोड दिनु भयो ।