• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको पहिलो दिन अर्थात् आइतबार सुनको मूल्य बढेको छ ।

आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँ बढेर एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आईतबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी शुक्रबार कै मूल्य प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।