४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कान्ति बाल अस्पतालमा शैय्या अभाव,एउटै बेडमा तीन जनासम्मको उपचार

कान्ति बाल अस्पतालमा शैय्या अभाव,एउटै बेडमा तीन जनासम्मको उपचार
अ+ अ-

काठमाडौं । कान्ति बाल अस्पतालमा शैय्याको अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् ।

बालबालीकाहरुको रेफरल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार हुँदै आएको छ । यस्तै, बालबालिकाहरुको इन्डोस्कोपी सेवा, मुटु रोगको ओपिडी सेवा सञ्चालन हुने गरेको छ । अहिले रुघाखोकी, निमोनिया, ज्वरो र केही मात्रामा झाडापखालाका बिरामीहरु चाप छ । अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले पर्याप्त शैय्या नहुँदा उपचारमा अफ्ठ्यारो भएको जानकारी दिनुभयो ।

उहाँले एउटा बेडमा दुईदेखि जना तीन जनासम्मलाई उपचार गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो । अस्पतालमा ३३० शैय्या छ । अस्पतालमा पर्याप्त शैय्या नहुँदा एउटा बेडमा खप्टेर बस्नुपर्ने स्थिति रहेको बताउनु भयो । उहाँले नर्सिङ जनशक्तिको पनि अभाव रहेको जानकारी दिनुभयो । डा.बसौलाले गत आर्थिक वर्षमा २ लाख बालबालीकाले उपचार सेवा लिएको जानकारी दिँदै अहिले दैनिक झन्डै नौ सय जना उपचारका लागि आउने गरेको बताउनु भयो ।

डा.बसौलाले अस्पतालमा एक जना नर्सले ६ देखि ८ जना बिरामीलाई सेवा पुर्‍याउनुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले कहिलेकाहिँ दुई जना नर्सले पूरै वार्ड हेर्नुपर्ने अवस्था आउने गरेको भन्दै कम्तीमा पनि पाँच सय जनाको हाराहारीमा नर्सिङ जनशक्ती चाहिने बताउनु भयो । हाल अस्पतालमा दुई सय जना नर्स कार्यरत छन् ।

डा.बसौलाले भन्नुभयो, ‘बिरामी संख्या हेर्दाखेरी अहिले गर्मी मौसममा एउटै रेसियोमा बिरामी आउने देखिन्छ । अत्यधिक चाप चाहीँ साउन भदौ महिनामा देखिन्छ । दैनिक हेर्दाखेरी आठ सयदेखि नौ सयको हाराहारीमा ओपीडीमा आउनेको संख्या छ भने इमरजेन्सीमा एक सय ५० देखि दुई सय बिरामी आउने गर्छन् । हाम्रो अहिले तीन सय ३० बेडलेपनि धान्न सकेको छैन । एउटा बेडमा दुई जना तिन जना बसेको देख्न सक्नुहुन्छ । अब्जरबेसन वार्डमा २४ घण्टामा तीन चार जना बच्चा बसेकोसम्म भेट्न सक्नुहुन्छ । २५ बेडको अब्जरबेसन वार्ड र २५ बेडको इमर्जेन्सी छ । एउटा बेडमा खप्टेर बस्नुपर्ने स्थिति छ । २५ बेडमा पनि ५०/६० जना बालबालीका राख्नुपर्ने अवस्था छ । ओपीडी, फार्मेसी, ल्याबको रिपोर्ट हेर्दा दुई चारदिनदेखि बिरामीको अत्यधिक चाप छ ।’

अस्पतालले मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार, इन्डोस्कोपी, मुटु रोगको ओपिडी सञ्चालन गर्दै आएको छ । दैनिक २० देखि ३० वटा अप्रेसन हुने गरेको जानकारी दिनुभयो । कान्ति बालमा ५२ शैय्याको आइसीयु सञ्चालनमा छ ।

एक हजार शैय्याको अस्पताल निर्माण गर्ने गरि डिपिआर पूरा भएको जानकारी दिँदै डा.बसौलाले नौ अर्ब ३० करोडको लागतमा पाँच वटा भबन बनाउने योजना रहेको बताउनु भयो । उहाँले इमरजेन्सी बाहेक अप्रेसनका लागि ६ महिनादेखि एक वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।

डा.बसौलाले भन्नुभयो, ‘एक हजार शैय्याको अस्पताल निर्माण गर्नेगरी डिपिआर पूरा भएको छ । पाँच वटा बील्डीङ बनाउने योजना छ । जसमध्ये तीन वटा हस्पीटल बिल्डीङ र दुई वटा बिल्डिङ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका लागि बनाउन लागेका छौं । खास गरी बेडको संख्या बढाउनुपर्ने देखिन्छ । ३३० बेडले धान्दैन । हामीले ५५० को ओएनएम गरेर स्वास्थ्य मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पठाइसकेका छौं । त्यो स्वीकृत भएर आएको खण्डमा अस्पतालको बेड संख्या बढ्ने र जनशक्तिपनि बढ्न गइ सेवा प्रबाह गर्न सजिलो हुनेथियो । नेपालका ७७ वटै जिल्लाबाट रेफर आउने, सात वटै प्रदेशबाट रेफर आउने हस्पिटल हो । २०–३० वर्षदेखि एउटै बिल्डीङमा सेवा उपलब्ध छ । जुन हस्पिटलको बिल्डिङ जाइकाले बनाएको थियो । अप्रेसन गर्नुपर्ने डेट अलिकति लामो हुन्छ । किनभने नेपाल भरीबाट बालबालिकाको अप्रेसनका लागि रेफरल आउँछ । भनेको जस्तो समयमा अप्रेसनको पालो आउँदैन । जस्तो आज आयो भने ६ महिनादेखि एक वर्षसम्म कुर्नुपर्ने हुन्छ, इमरजेन्सी बाहेक । हामीसंग जम्मा दुई वटा मेजरटी छ । र, कुनै दिनपनि खाली हुँदैन । ६ दिन अप्रेसन गर्दा पनि हामीले भिँड हटाउन सकेका छैनौं । अत्याधुनिक ओटी बनाउने भनेका थियौं, तर त्योपनि सफल हुन सकेन । अप्रेसन थियटरको संख्या बढाउनुपर्ने देखिन्छ । हामीसँग ९५ रोपनी जग्गा छ । जग्गाको अभाव छैन । भवनको अभाव भने खड्किएको छ । कान्ति बाल अस्पताल ६१ वर्ष पुग्दापनि हामीसँग एमआरआई सेवा छैन । जाइकाले हालसालै एमआरआई दिँदैछ । त्यसपछि दुई तिन महिना भित्र नै हामीले सेवा शुरु गर्छौं । र, नयाँ सिटि सेवा पनि शुरु गर्दैछौं । एमआरआई गर्नुपर्‍यो भने अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ । हामी कहाँ ६ सय जनाको हाराहारीमा कर्मचारी हुनुहुन्छ । यो आर्थिक वर्षमा ५ करोड ७७ लाख रुपैंया बराबरको उपचार नि:शुल्क गरेका छौँ ।’

कान्ति बाल अस्पतालले निकट भविष्यमा नै एमआरआई सेवा सञ्चालन गर्ने योजना बनाएको छ ।