८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.43

Wind: 1.03

Humidity: 68

तपाईं के खोज्दै हुनुहुन्छ ?

आज यी छ प्रदेशमा भारी वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ ।

मनसुनीसँगै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभरको मौसममा सामान्य देखि पूर्ण बदली भइरहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। जसमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक/दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।