४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

ग्लोबल टि२० क्यानडा: फाइनलमा दीपेन्द्रको टाइगर्स र सन्दीपको सर्रे भिड्ने

ग्लोबल टि२० क्यानडा: फाइनलमा दीपेन्द्रको टाइगर्स र सन्दीपको सर्रे भिड्ने
Sherfane Rutherford of Montreal Tigers celebrates with teammates after hitting the winning run during Qualifier 2 of GT20 season 3 played between Vancouver Knights and Montreal Tigers held at the CAA centre in Brampton, on 5th August 2023. Pal Pillai/Focus Sports/ GT20
अ+ अ-

एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ग्लोबल टि२० क्यानडाको फाइनलमा स्थान बनाएको छ । शनिबार भएको सेमिफाईनल खेलमा भ्यानकुभेर नाइट्समाथि एक विकेटको रोमान्चक जित हात पार्दै टाइगर्स फाइनलमा पुगेको हो ।

यता, नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्स पनि पहिलो क्वालिफायरमा भ्यानकुभेर नाइट्सलाई ३८ रनले हराउँदै फाइनलमा पुगेको थियो । यससँगै आज आइतबार उपाधिको लागि दीपेन्द्रको टिम मोन्टरिएल टाइगर्स र सन्दीपको सर्रे भिड्नेछन् ।

भ्यानकुभेर नाइट्सले जितको लागि दिएको १ सय ३८ रनको मध्यम विजयी लक्ष्य टाइगर्सले १९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । अन्तिम ओभरमा जितको लागि १५ रन चाहिँदा टाइगर्सका शेर्फान रदरफोर्डले लगातार तीन छक्का हान्दै खेल जिताएका थिए ।

रदरफोर्ड ४८ रनमा अविजित रहे । दीपेन्द्रसिंह ऐरी २८ बलमा २ चौकासहित २५ रनमा आउट भए ।

एक समय ४.५ ओभरमा २९–४ को दयनीय अवस्थामा पुगेको टाइगर्सलाई दीपेन्द्र र रदरफोर्डले ४३ रनको महत्वपूर्ण साझेदारी गर्दै खेललाई मजबुत बनाएका थिए। यस्तै, आयन खान १८, आन्द्रे रसेल १७ र मोहम्मद वासिम १३ रनमा आउट भए ।

बलिङ तर्फ नाइट्सका जुनैद सिद्दिकले सर्वाधिक ४ विकेट लिए । फबिएन एलेन र कब्रिन बोसले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो । नाइट्सको लागि ओपनर मोहम्मद रिजवान ३९ रन, कब्रिन बोसले ३६ र हर्ष ठाकेरले २६ रन बनाए ।

टाइगर्सका अब्बास अफिदीले ह्याट्रिकसहित २९ रन खर्चेर ५ विकेट लिएका थिए ।