४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सुन तस्करीमा नाम जोडिएका नेताहरुलाई अनुसन्धान गर्न माओवादी केन्द्रिय सदस्यहरुको माग

सुन तस्करीमा नाम जोडिएका नेताहरुलाई अनुसन्धान गर्न माओवादी केन्द्रिय सदस्यहरुको माग
अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को केन्द्रिय कमिटी बैठकमा विभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गर्न केन्द्रिय सदस्यहरुले माग गरेका छन् ।

केन्द्रिय कमिटी बैठक चौथो दिनसम्म आइपुग्दा बैठकमा बोल्ने सदस्यहरुले विभिन्न भ्रष्टाचार तथा सुन तस्करी प्रकरणमा नाम जोडिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गरि दोषि देखिए कारबाही गर्न माग गरेका हुन् । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम भेपमा सुन तस्करी प्रकरणमा जोडिएको भन्दै नेताहरुले महराप्रति पनि छानबिन हुनुपर्ने बताएका छन् । पार्टी भित्रका नेताहरुमा सुशासन कायम गराउन नसकेमा बाहिर पनि गराउन नसकिने भन्दै नेताहरुले पार्टीभित्रैबाट सुशासनप्रति प्रतिवद्ध हुनुपर्नेमा जोड दिएका हुन् ।

बैठकस्थलमा कुराकानी गर्दै केन्द्रिय सदस्य माधव सापकोटाले बैठकमा सुशासनको सम्बन्धमा गम्भिर छलफल भइरहेको बताउनु भयो । उहाँले नेताहरुको जीवनशैली, कार्यशैली र आम्दानीका स्रोतहरुमाथि पनि प्रश्न उठेको बताउनु भयो । पार्टी उपाध्यक्ष महराको सम्बन्धमा मिडियामा आउने बित्तिकै पक्राउ गर्ने कानूनी व्यवस्था नभएको भन्दै उहाँले अनुसन्धानको दायरामा ल्याउनुपर्नेगरी कुनै उजुरी नआएको बताउनु भयो । यद्यपी कोही नेताहरुको संलग्नता यस्तो प्रकरणमा संलग्न भएको देखिएमा कारबाही गर्ने प्रधानमन्त्रीले बचन दिनुभएकोले सो बचनमा विश्वास गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘के स्पष्ट पारौँ भने मिडियामा आउन बित्तिकै मान्छे पक्राउ गर्ने हाम्रो कानूनी र संवैधानिक व्यवस्था छैन । त्यसो गर्नका निमित्त उजुर पर्नुपर्‍यो । उजुर नै परेर पक्राउ नपरेको या पक्राउ नगरेको, अनुसन्धानको दायरामा नल्याएको भए सरकारको कमजोरी हुन्थ्यो । ठूलो एउटा पेपरले ब्यानर न्युज बनायो भन्नेबित्तिकै मान्छे पक्राउ गर्ने हो भने त देश नै पूरै हिरासत हुने खतरा हुन्छ । यहाँ त एकले अर्कोलाई आरोप लगाउने । त्यसैले म के स्पष्ट पार्न चाहन्छु भने पार्टीभित्र गम्भिरतापूर्वक छलफल भएको छ, र हाम्रो पार्टी भित्रका पनि कोही न कोही नेताहरु यस्तो प्रकरणमा जोडिनुभएको छ भने छोड्दिन भनेर प्रधानमन्त्रीले, पार्टीले अध्यक्षले भनिसकेको सन्दर्भमा धेरै अविश्वास, आशंका नगर्न र खासगरी क्विन्टल सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउन सबैले सहयोग गरौँ ।’

केन्द्रिय सदस्य प्रल्हाद लामिछानेले चर्चामा आएजस्तै माओवादी केन्द्रका नेताहरुको संलग्नता पुष्टि भएमा नेताहरुलाई पार्टीले संरक्षण गर्नु जरुरी नभएको बताउनु भयो । उहाँले पार्टी बचाउने कि नेता बचाउने भन्ने सवाल उठ्ने भन्दै त्यस्तो अवस्थामा पार्टी बचाउन नेतालाई कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्न माओवादी केन्द्रको इज्जत बढेको भन्दै आफ्नै पार्टीका नेताहरु परेपनि कारबाही बाट पछि हट्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘ज–जसलाई चर्चामा बाहिर आएको छ नि आरोप, छानबिन होस् । सत्यतथ्य छानबिन होस् । हाम्रै पार्टीका नेता परुन् । कार्यकर्ता परुन् । यो परुन् । त्यो परुन् भन्ने कुरा भएन । अपराधिहरुको कुनै पार्टी हुँदैन । अपराध कर्म गर्नेलाई सजाय हुनुपर्छ । चाहे त्यो जोसुकै होस् भन्ने कुरा नै हो । भित्र पनि कुरा नउठेको छैन । नेता बचाउने कि पार्टी बचाउने भन्नेकुरा अहम सवाल बनेको छ अहिले । कतिपय नेताहरुलाई संरक्षण गर्नु जरुरी छैन यदी त्यस्तो अपराधमा संलग्न भएको पुष्टि भयो भने । तर कहिलेकाहीँ मिडियामा, बाहिर सामाजिक सञ्जालमा चर्चा गरेकै भरमा आरोपित गरिहाल्ने । जेल नै पठाउने ।

अपराध गरिहालेछ भनेर आलोचना गर्ने कुरा भन्दापनि सत्यतथ्य अनुसन्धान हुनुपर्‍यो । कुरा उठेको छ, पार्टी नेता परुन् । जो परुन् । छोड्नुहुन्न । यतिबेला पार्टीको साख बढाउने भनेको भ्रष्टाचारमा संलग्नहरुलाई कारबाही गर्ने कुराहरुले पार्टीको इज्जत पनि बढेको छ र त्यसले गर्दा समग्र देशमा आशावादीता सिर्जना भएको छ । केही गर्छ कि क्या हो माओवादी नेतृत्वको सरकारले भन्ने परिरहेको सन्र्दमा भ्रष्टाचारमा मुछिएका अरु पार्टीकालाई चाहीँ छोयो । आफ्नै पार्टीको नेताको चर्चा आउँदा चाहीँ पछाडी हट्यो भन्ने आरोप लाग्दैछ त्यो हुनुहुँदैन ।’

त्यस्तै, केन्द्रिय सदस्य नारायणी शर्माले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दा पार्टी भित्रकै मान्छेहरु परेपनि छोड्नु नहुने बताउनु भयो । अनुसन्धानमा दोषि देखिए कारबाही गरेर अघि बढ्नुपर्ने उहाँले बताउनु भयो । उहाँले उपाध्यक्ष महराको सम्बन्धमा प्रश्न उठेको भन्दै सम्बन्धित निकायले आफ्नो ठाउँबाट अनुसन्धान गरिरहेकोमा विश्वास व्यक्त गर्नुभयो । सबुत, प्रमाण फेला परेका कसैलाई पनि सरकारले नबचाउने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘यदी भ्रष्टाचारलाई खतम गर्नका निम्ति, भ्रष्टाचारलाई अन्त्य गर्नको निम्ति र सुशासनको स्थापना गर्नको निम्ति यदी पार्टीभित्र पनि कोही मान्छेहरु, कुनै नेताहरु जो कोही भएपनि छोड्नु हुँदैन । त्यहाँ पनि एक ढंगले अनुसन्धानको प्रक्रियालाई अगाडी बढाउनुपर्छ । यदी अनुसन्धान गर्दा अथवा केरकार गर्दाखेरी कतै न कतै त्यस्तो भएको कुरा देखियो भने त्यसलाई कारबाही गरेर अगाडी बढ्न सक्नुपर्छ । अहिलेको सरकारले त्यसलाई अगाडी बढाओस् भन्नेकुरा राखिराख्नु भएको छ । कुरा उठिसकेपछि किन उठ्यो भनेर केरकार गर्ने कुरा, अनुसन्धान गर्ने कुरा आफ्नो ठाउँबाट सम्बन्धित निकायले गरिराखेको छ होला । मलाई लाग्छ, गरिराखेको छ । केही त्यस्ता सबुत, प्रमाणहरु फेला पर्‍यो भने कोही पनि बच्न सक्ने स्थिति छैन र अहिले यो सरकारले कसैलाई पनि बचाउन सक्दैन । प्रमाण भयो भने उहाँलाई पनि केरकार गरेर अगाडी बढाउँछ । यो सरकारको प्रतिवद्धताको कुरा हो । हामीले यही बुझेका छौँ ।’

बाइट … नारायणी शर्मा, केन्द्रिय सदस्य, नेकपा (माओवादी केन्द्र)

केन्द्रिय सदस्य रामकुमार शर्माले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्न फायर खोलिसकेपछि पछि हट्नु नहुने बताउनु भयो । उहाँले आफ्नो अर्काको मान्छे हेरेर कारबाही गर्ने होइन कि पार्टी भित्रकै मान्छे दोषि देखिए पनि कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले सुन प्रकरणमा नाम जोडिएका नेताहरुले पनि आफूमाथि छानबिन गर्न बैठकमै माग गरेको जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘वर्षमान पुनले भन्नुभयो, म लगायत कुनैपनि व्यक्तिमाथि यदी प्रश्न उठ्छ र शंका सरकारलाई लाग्छ भने छानबिन गरोस् । दोषि ठहरियो भने हामी कारबाही भोग्न तयार छौँ भनेर आज भन्नुभयो । केन्द्रिय सदस्यहरुले पनि जब सरकारको तर्फबाट फायर खोलिसक्यो भने यसमा हाम्रो पार्टीको परोस् या बाहिरको परोस् । यसमा मान्छे हेरेर कारबाही गर्ने होइन कि, जो–जो दोषि छ, पार्टी भित्रको दोषि छ पार्टी भित्रकोलाई कारबाही गर्ने । पार्टी बाहिरको दोषि छ, पार्टी बाहिरकोलाई कारबाही गर्ने । सरकारले इमान्दारिपूर्वक भित्र, बाहिर जो दोषि छ कारबाही गरोस् भन्ने छ ।’

केन्द्रिय सदस्य मुक्ति प्रधानले सुन तस्करी अथवा भ्रष्टाचारमा संलग्न पार्टीका शिर्ष नेताहरुको संलग्नता भएपनि नछाडिने बताउनु भयो । उहाँले कारबाहीका लागि प्रमाण भने हुनुपर्ने बताउनु भयो । उहाँले सुशासन, समृद्धि र सामाजिक न्यायको प्रत्याभुति दिनका लागि पार्टी र सरकार निर्मम हुन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले पार्टी उपाध्यक्ष अथवा मन्त्री, नेता, कार्यकर्ता जो परेपनि कारबाही गर्नुपर्छ भन्ने पक्षमा केन्द्रीय सदस्यहरुको एक स्वर रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सुशासनलाई ठोस र मुर्त गर्न हाम्रो सरकारले सुरु गरेको छ । हाम्रा पार्टीका शिर्षस्थ नेता जो कोही त्यसलाई पनि छोड्दैन । यो कुरो ढुक्क भए हुन्छ । प्रमाणसहित आउनुपर्छ । कसैलाई छोड्ने छुट छैन । किनभने यो राष्ट्रघाति काम हो । राष्ट्रविरोधी हो । अहिले नेपाली जनतालाई सुशासन, समृद्धि, सामाजिक न्यायको प्रत्याभुति दिनका लागि पार्टी निर्मम हुन जरुरी छ । सरकार निर्मम हुन जरुरी छ । पार्टी उपाध्यक्षको होला । पार्टी कार्यकर्ताको होला । पार्टीका मन्त्रीहरुका होलान् । जोसुकैको होस् न, यसलाइृ छोड्नुहुन्न भन्नेकुरामा एक स्वर छ । कानूनी दायरामा ल्याउँदाखेरी पहिले त प्रमाण पुग्नुपर्‍यो । कसैले फेसबुकमा स्टाटस लेख्यो भन्दैमा पक्रिने भन्नेकुरा त राज्य व्यवस्थाले गर्दैन । राज्य व्यवस्थाले त गहन अध्ययन गरेर, यसले गरेको भन्नेकुरो आधारभुत प्रमाण प्राप्त भएपछि छोडिन्न ।’

उहाँले देशमा सुशासन कायम गर्न राष्ट्रघाति काम गर्नेहरुलाई कारबाही गर्नैपर्ने धारणा राख्नुभयो ।