• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

ग्लोबल टि-२० क्यानडा: सन्दीप सम्मिलित सर्रे फाइनलमा



काठमाडौं । स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्स ग्लोबल टि-२० क्यानडा २०२३ को फाइनलमा पुगेको छ । पहिलो क्वालिफायरमा भ्यानकुभेर नाइट्सलाई ३८ रनले हराउँदै सर्रेले फाइनलमा स्थान बनाएको हो ।

जितको लागि १ सय ४० रनको मध्यम लक्ष्य पछ्याएको नाइट्स १६.४ ओभरमा १ सय १ रन बनाउदै अल आउट भयो ।

नाइट्सका लागि फबिएन एलेनले सर्वाधिक २७ रन बनाए । यस्तै, मोहम्मद रिजवान ४ र नाजिबउल्लाह जद्रान १५ रनमा आउट भए ।

बलिङ तर्फ सर्रेका तीव्र गतिका बलर म्याथ्यु फोर्डले सर्वाधिक ४ विकेट लिँदा सन्दीपले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सर्रेले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १ सय ३९ रन बनाएको थियो । सर्रेका लागि कप्तान इफ्तिखर अहमदले सर्वाधिक ३६ रन बनाएका थिए । मोहम्मद हरिस २०, जतिन्दर सिंह १५, लिटन दास १६ र आयन खानले २९ रन बनाए ।

नाइट्सका लागि जुनैद सिद्दिकले सर्वाधिक ४ विकेट लिए । रुबेन ट्रम्पलम्यान र कार्तिक मयाप्पनले समान एक विकेट लिए ।

यता, दोस्रो क्वालिफायरमा दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्स र नाइट्सबीच आज राती प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले आइतबार उपाधिको लागि सर्रेसँग खेल्नेछ ।